haldibari.com
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दिबारी गाउँपालिकाले ६ कर्मचारीलाई गर्‍यो बढुवा 

हल्दिबारी गाउँपालिकामा कार्यरत लेखा अधिकृत सहित ६ जना कर्मचारी स्थानीय सरकारी सेवा ( गठन तथा संचालन) ऎन २०८० बमोजिम बढुवा भएका छ्न ।

Advertisement

Advertisement
गाउँ कार्यपालिकाको माघ ३० गतेको निर्णय अनुसार  बढुवा गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन ( महेन्द्र )ले जानकारी दिनुभयो ।
यसरी बढुवा हुनुहुनेमा दिपक भट्टराई  (लेखा शाखा प्रमुख) सातौं तहबाट आठौं तहमा त्यस्तै तुलसा खत्री (प्रशासन शाखा –  वडा सचिव ,वडा कार्यालय,  वडा नम्बर -१) पाचौं तहबाट छैटौं तहमा , समिक्षा पौडेल (आलेप) ,पाचौं तहबाट छैटौं तहमा बढुवा हुनुभएको  हो ।
त्यसैगरी पुष्कर निरौला (स्वास्थ्य शाखा )छैटौं तहबाट सातौं तहमा चन्द्रा पोख्रेल पाचौं तहबाट छैटौं तहमा र कविता  खनाललाई  पाचौं तहबाट छैटौं तहमा  बढुवा गरिएको प्रमुख प्रशासकीय अधिकृत बनले बताउनुभयो ।
बढुवा हुनुहुनेमा भट्टराईलाई कुशल लेखा अधिकृतको रूपमा चिनिन्छ्न  भने निरौलाले कोभिड – १९ र हल्दिबारीको  स्वास्थ सेवा बिकासमा उल्लेखनीय योगदान दिनुभएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article