शिक्षा
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

पाथिभरा नर्सिङ कलेजका विद्यार्थीलाई स्वागत सम्मान

भद्रपुर । ओमसाई पाथिभरा अस्पताल मातहतको नर्सिङ कलेजमा भर्ना भइ अध्ययन गरिरहेका नयाँ विद्यार्थीलाई स्वागत सम्मान गरिएको छ ।

Advertisement

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको सम्बन्धनमा २०८१ मंसिर २१ गतेबाट कलेजको मान्यता पाएपछि नर्सिङ कलेजमा स्टाफ नर्स र फार्मेसी पढ्न आएका विद्यार्थीहरूलाई कलेजले स्वागत सम्मान गरेको हो ।

Advertisement

अस्पतालका निर्देशक बालकुमार पोखरेल (साइराम) को अध्यक्षता तथा अध्यक्ष दिपक पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूलाई अविर र खादा पहिर्याएर स्वागत गरिएको थियो ।

कार्यक्रममा स्वागत गर्दै कलेजकी प्रिन्सिपल ज्योति भट्टराईले पहिलो पटक प्राविधिक शिक्षा तर्फ अगाडि बढेको अस्पतालले उच्च स्तरीय सीप सहितका विद्यार्थी उत्पादनको लक्ष्य पूरा गर्ने विश्वास व्यक्त गरिन् ।

ओमसाई पाथिभरा हस्पिटलले नर्सिङ कलेज सञ्चालन गरेपछि स्टाफ नर्स र डिप्लोमा इन फार्मेसी पढ्न पूर्वदेखि—सुदुर पश्चिमसम्मका विद्यार्थी आएका छन् ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभिटी) ले यही आर्थिक वर्षबाट कक्षा सञ्चालनका लागि अनुमति दिएसँगै अस्पतालले उक्त विषयमा कक्षा सञ्चालन गर्न थालेको अस्पलातका प्रबन्ध निर्देशक बालकुमार पोखरेल (साईराम) ले जानकारी दिए ।

चिकित्सक शिक्षा आयोगले विद्यार्थी कोटा निर्धारण गरिदिएसँगै यही शैक्षिक वर्ष २०८१/०८२ बाट स्टाफ नर्स, एचए र डिप्लोमा इन फार्मेसीका कक्षा सञ्चालन गर्ने बाटो खुलेको निर्देशक दीपकुमार पौडेलको भनाइ छ ।

उनका अनुसार प्रत्येक कार्यक्रममा ४०- ४० जना विद्यार्थीको कोटा आयोगले तोकिदिएको छ ।नर्सिङ कलेजकी प्रिन्सिपल ज्योति भट्टराईका अनुसार कलेजमा स्टाफ नर्समा ४० जना र डिप्लोमा इन फार्मेसीमा ३७ जना विद्यार्थी अध्ययन गरिरहेको छन् ।

यसैगरी नर्सिंङ सेवाकी संस्थापक फ्लोरेन्स नाइटिङ्गलको सम्मानमा दीप प्रज्वलन समेत गरिएको कार्यक्रममा अस्पतालका लेखा शाखा प्रमुख रामहरि खतिवडा, प्रशासनका मनोज दाहाल, बुद्धि कोइराला, योगेन्द्र ढुंगाना लगायत अस्पताल तथा कलेजका सरोकारवाला व्यक्तित्वको उपस्थिति रहेको थियो भने सञ्चालन पवित्रा ढुंगाना, आरूसी खनालले गरेका थिए ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article