समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दिबारी जेसिजको स्थापना दिवसको अवसरमा  २३ जनाले गरे रक्तदान 

हल्दिबारी , २४ फाल्गुन । हल्दिबारी जेसिजको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रममा सम्पन्न भएको छ ।

Advertisement

हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनालीको प्रमुख आतिथ्यता एवं जेसिज अध्यक्ष युनिता दवाडी भट्टराईको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा २२ पुरुष र १ महिला गरि २३ जनाले रक्तदान गरेका  थिए ।

Advertisement

रक्तदान कार्यक्रममा प्रमुख अतिथि मैनाली , जेसिज अध्यक्ष दवाडी , हल्दिवारी ४ का वडा अध्यक्ष सन्तकुमार थापा , जेसीज राष्ट्रिय तालिम आयोग कोषाध्यक्ष एवं बाह्रदशी जेसिजका अध्यक्ष  खगेन्द्र सुवेदी , चारआली  जेसिज बर्ष २०२५ का अध्यक्ष सुजुप सुवेदी लगायतले मन्तव्य राख्नु भएको थियोे ।
हल्दिबारी जेसीजको स्थापना दिवसको अवसरमा जेसीजको आयोजना तथा  पुर्व विद्यार्थी समाज महेन्द्र माध्यमिक विद्यालय जलथल र नेपाल रेडक्रस सोसाइटी उपशाखा जलथलको सहकार्यमा भएको रक्तदान कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र झापा शाखाको रहेको थियो ।
उक्त अवसरमा  जेसीज हल्दिबारी पदाधिकारीको सक्रियतालाई मापन गर्दै कार्यकारी  उपाध्यक्ष  नितेश खरेल र   योगेश कार्की लगायतलाई  सम्मान  गरिएको थियो।
 रक्तदान कार्यक्रमको औचित्य माथी हिमा पौडेलले प्रकाश पार्नुभएको थियोे भने  स्वागत  नेपाल रेडक्रस सोसाइटी जलथल उपशाखा सभापति रेम प्रसाद खरेलले तथा  कार्यक्रमको सहजीकरण योगेश कार्कीको रहेको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article