हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

राप्रपाको बिजय सुरुवात गरामनी क्याम्पसमा खरेल बिजय

झापाको बिर्तामोड–९ गरामनी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। कुल ४० जना मतदातामध्ये ३७ जनाले मतदान गरेका थिए। मतदान अधिकृत निरतलाल राजवंशीले निर्वाचन सम्पन्न भएको जानकारी दिएका छन।

Advertisement

निर्वाचन सम्पन्न पश्चात मतगणना सम्पन्न भए सगै राप्रपा निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (रा.प्र.वि.स) का केशव खरेलले २३ मतसहित विजयी हासिल गरेका छन ।

Advertisement

जम्मा ४० मत मा ३७ मत  मतदान स्थलमा  खसेकोमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का उम्मेदवारले ६ मत प्राप्त गरेको थियो भने नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ८ मत ल्याएको हो।सचिवमा रा.प्र.वि.स. का सन्दिप अधिकारी २१ मत, कोषाध्यक्षमा रामकृष्ण पौडेल १९ मत साथ विजयी भएका छन्।

अन्य सदस्यमा पनि रा.प्र.वि.स. का सदस्य विजयी भएका छन् भने अनेरास्ववियुबाट रमिला बुढाथोकी सदस्य पदमा विजयी भएको जानकारी प्राप्त भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)