शिक्षा
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

सम्स्कारा शिक्षा सदनमा एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

शान्ता उप्रेती/हल्दीबारी, ८ चैत्र । हल्दीबारी गाउँपालिका वडा नम्बर -१ मा सञ्चालित सम्स्कारा शिक्षा सदनमा एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

नेपाल राष्ट्र बैंकले हरेक वर्ष आयोजना गर्दै आएको वित्तीय साक्षरता कार्यक्रम यस वर्ष पनि एक्सेल डेभलपमेन्ट बैङ्क गोलधाप शाखा र बाह्रदशी गाउँपालिकामा रहेको राजगढ शाखाको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

Advertisement

उक्त कार्यक्रमको उद्देश्य बालबालिकाहरुलाई वित्तीय सम्बन्धी साक्षरता प्रदान गर्नु रहेको थियो भने वित्तीय साक्षरता भनेको खर्च कसरी कम गर्ने ,आम्दानीलाई कसरी बचत गर्ने र भोलि आउने समस्यालाई कसरी टार्न सकिन्छ भन्ने लगायतका विविध विषयमा प्रशिक्षक द्वय एक्सेल डेभलपमेन्ट बैंक गोलधापका शाखा प्रमुख ईश्वरी भट्टराई र राजगढ शाखा प्रमुख जनार्जन सिम्खडाले प्रशिक्षण दिनुभएको थियो।

त्रिलोचन भण्डारीको अध्यक्षतामा तथा मनोज राजवंशीको सञ्चालनमा सम्पन्न कार्यक्रममा शिक्षक तथा कक्षा ७ , ८ र ९ का गरी जम्मा ५६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो भने विद्यार्थीहरूका जिज्ञासा ईश्वरी भट्टराईले प्रष्ट पार्नुभएको थियो।

यसैगरी आजै बाहदशी -२ को राजगढमा रहेको लिटल स्टार एजुकेशन फाउन्डेसनमा समेत सोही साक्षरता कार्यक्रम सम्पन्न भएको जनार्जन सिम्खडाले जानकारी दिनुभयो।उक्त वित्तीय साक्षारता कार्यक्रममा राजगढ शाखा प्रमुख जनार्जन सिम्खडा र गोलधाप शाखा प्रमुख इश्वरी भट्टराईले दिनुभएको प्रशिक्षण कार्यक्रममा प्रिन्सिपल माया राजवंशीले समेत विचार राख्नुभएको जनाइएको छ।

कोशी प्रदेशको प्रादेशिक बैंक लगायत ४७ वटा शाखामा यो कार्यक्रम गर्दै आएको र यसको मूल नारा “थिङ्क बिफोर यु फलो वाइज मनी टुमरो (think before you follow wise money tomorrow ) भन्ने रहेको जानकारी दिनुभयो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article