धर्म
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दिबारी ३ स्वर्गद्वारी मन्दिरमा आयोजित पुराणको आय व्याय सार्वजनिक

अभिषेक खतिवडा/ हल्दिबारी /  ९ चैत । हल्दिबारी गाउँपालिका वडा नं-३ मा रहेको स्वर्गद्वारी मन्दिरमा आयोजित नवौ अग्नि  महापुराणको आय व्याय आज एक कार्यक्रम आयोजना गरेर सार्वजनिक गरिएको छ ।

Advertisement

पुराण आयोजक समितिका अध्यक्ष गोबिन्द वोहोराको अध्यक्षतामा बसेको बैठकले उक्त आय व्याय सार्वजनिक गरेको हो । आय व्याय सार्वजनिक कार्यक्रममा विभिन्न कृर्तन मण्डलीका प्रतिनिधि ,सञ्चारकर्मी ,स्थानीय तथा सरोकारवाला लगायतको उपस्थिति रहेको थियो।

Advertisement

फाल्गुन ९ गते देखि १५ गते सम्म पण्डित उदय शास्त्री खनालले वाचन गरेको उक्त पुराणमा संकलित रकमको आय व्याय सार्वजनिक कार्यक्रम आयोजना गर्दै पुराण आयोजक समितिले आज शनिबार हिसाब सार्वजनिक गरेको छ।

पुराणमा विभिन्न शिर्षकबाट गरी कुल ५ लाख ९८ हजार ६ सय ९ रुपैया आम्दानी भएको पुराण आयोजक समितिले जानकारी दिइएका छन । यता पुराणको व्याय तर्फ संचालन खर्च ३ लाख २९ हजार ६ सय २५ रुपैया रहेको छ भन्ने बचत २ लाख ६८ हजार ९ सय ८४ रुपैया मन्दिर समितिको मातहतमा रह्ने जानकारी प्रतिवेदनमा उल्लेख गरिएको थियो । पुराण आयोजक समितिले  ७ दिनको आम्दानी खर्च सार्वजनिक गर्दै मुल मन्दिर समिति लगायत उपस्थितमा हिसाब सार्वजनिक गरिएको हो ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व गोविन्द घिमिरे ,डिल्लीराम उप्रेती ,विनोद भण्डारी ,उत्तम राजवंशी , लाल बहादुर कन्दङ्वा र धन बहादुर सावाँले आय व्याय सवल हिसाबले सार्वजनिक भएको भन्दै मन्दिरको उन्नति प्रगतिको कामना गर्नुभएको थियो।

आज बसेको आय व्याय सार्वजनिक कार्यक्रममा उक्त भेलाले मन्दिरका लागि नयाँ कार्यसमिति समेत छनौट गरेको छ । अध्यक्षमा गोविन्द बोहोरा , उपाध्यक्षमा लाल बहादुर कन्दङ्वा ,सचिवमा सालिकराम कार्कि ,सहसचिवमा अभिषेक खतिवडा र कोषाध्यक्षमा माया राईलाई जिम्मेवारी प्रदान गरिएको थियो।

त्यस्तै सदस्यहरुमा उदिम दर्नाल ,उत्तम राजवंशी,गोविन्द प्रसाद घिमिरे ,विनोद भण्डारी ,टेक हरि रेग्मी,तारा गिरी,भद्रीका गिरी,बिर बहादुर गिरी,सुरेन्द्र महत्तो ,गोबिन्द न्यौपाने ,टिका गिरी ,चन्द्रकला गिरी र रामवहादुर बन मनोनीत भएका हुन।

कार्यक्रममा पुराणमा सहयोग गर्नुहुने उत्कृष्ट दानबिर दाताको रुपमा पदमबहादुर बन लाई सम्मानित हुनु भएको थियो भन्ने उहाँ सगै सामुदायिक भवनमा चेन ग्रेट तथा ग्रिलका सामाग्री सहयोग गर्नु हुने कुल बहादुर न्यौपाने (गोपाल),सालिकराम कार्की ,कृष्णमाया गिरी, हरि रेग्मी लगायत परिवार ,कामक्ष टिई .स्टेट,तयारी चिया ,निवारण +टना देवी राजवंशी परिवार र माया राईलाई समेत सहयोगार्थ सम्मान प्रकट गरिएको बताइएको छ ।

उक्त कार्यक्रमको औचित्य माथि प्रकाश अध्यक्ष गोविन्द बोहोराले गर्नु भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष शालिक राम कार्कीले राख्नु भएको कार्यक्रमको सञ्चालन एवम सहजीकरण तारा बहादुर बोहोराले गर्नु भएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article