कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

लघुकथा : फुईयाको फुरफुर – १२

लघुकथा : फुईयाको फुरफुर – १२

Advertisement

उसले एउटी केटी हेर्यो, लभ गर्ने विचार गर्यो, अनि खोजी नीति गर्दै जाँदा उसले हेरेकी केटीको मावलमा जंगली हात्तीको आतंक रहेको बुझ्यो। अब ज्वाइँ हुने मान्छे, मावली ससुरालीमा हात्ती भगाउने उपाय उसले सोच्न थाल्यो। हिन्दी सिनेमाको बाहुबली बन्न पनि उ तयार भयो। हिन्दी र नेपाली सिनेमामा फरक के त, उसले विचार गर्यो। नेपाली सिनेमामा राजेश हमालको प्रख्यात डाइलग उसले सम्झियो, “शंकर हो मेरो नाम, साथीको लागि यो हात सलाम, दुश्मनको लागि यो हात फलाम”। उसलाई बाहुबली भन्दा शंकरको डाइलग झक्कास लाग्यो। उसले नयाँ डाइलगको श्रृजना गर्यो, “दुश्मनको लागि यो हात फलाम, हात्तीको लागि यो हात सलाम”। उसलाई अरु के चाहियो, चिडियाखाना गाएर, त्यहाँका हात्ती समक्ष केही रिहर्सल गरी, उ बाटो लाग्यो, मावली ससुरालीमा। नभन्दै जंगली हात्ती आए, उसले कड्किएर बोल्यो, “दुश्मनको लागि यो हात फलाम, हात्तीको लागि यो हात फलाम”। उसको सलामले हात्ती भागेन। फुईयाको फुरफुर ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article