धर्म
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

भगवान बुढानिलकण्ठले हामी सबैको रक्षा गरुन्, हेर्नुहाेस आजकाे राशिफल (२०८१/१२/१६ गते)

आज २०८१ साल चैत १६ गते शनिबारको राशिफल ।

Advertisement

 

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपानमा सजग रहनुहोस्। व्यापारिक लेनदेन लाभदायी रहनेछ। अनुभविको सल्लाह लिएर अगाडि बढ्नुहोस्। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक २ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा प्रारम्भ गरेको कार्य सम्पादन गरेर नै अरु कार्य हातमा लिनुहोला। व्यापारिक योजनामा पिताको सहयोग मिल्नेछ। घरमा बुजुर्गहरूको स्वास्थ्यको ध्यान राख्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा नयाँ लेनदेनबाट बच्नुहोला। सहयोगीहरूको लापरवाहीले गर्दा नोक्सान हुन सक्छ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। कार्यको पुनर्विचार अवश्य गर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार विस्तारको योजनालाई आकार दिन सक्नुहुनेछ। कार्यक्षेत्रमा नयाँ सम्पर्कहरूबाट लाभ मिल्नेछ। पारिवारिक मामलाहरूमा अरुको कुरा नसुन्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा आम्दानी बढ्नुको साथै उत्साह जाग्नेछ। व्यापार व्यवसायमा सानो कुरालाई लिएर वादविवाद बढ्नेछ। धार्मिक वा सांस्कृतिक यात्राको रूपरेखा बन्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा पुरानो योजनाहरुमा पुनर्विचार गर्नुहोला। प्रतिष्ठित कार्यले समाजमा मानसम्मान बढ्नेछ। कृषि वा पशुपालनबाट लाभ प्राप्त गर्न सकिएला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनको कुरा भन्नाले सम्बन्धमा चलिरहेको गतिविरोध समाप्त हुनेछ। व्यापार व्यवसायमा लाभ हुनेछ। कार्यक्षेत्रमा छिटो प्रतिक्रिया दिनदेखि बच्नुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धर्मकर्ममा मन जानेछ। कार्यक्षेत्रमा सहकर्मीहरूबाट भनेजस्तो सहयोग मिल्नेछ। व्यापारिक यात्रा लाभदायी रहनेछ। घरपरिवारसँग मनोरञ्जनात्मक समय बित्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साझेदारी व्यापारबाट लाभ मिल्नेछ। राजनीतिक क्षेत्रमा आफ्नो अधिकार स्थापित गर्न सक्नुहुनेछ। भविष्यलाई लिएर योजनाहरू कोरिने छन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। युवा वर्गहरूलाई करियरलाई लिएर चिन्ता रहनेछ। कार्यसमयमा पूरा गर्न मेहनत धेरै गर्नुपर्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धैर्य र पराक्रमले चिताएको कार्यसम्पादन गर्न सक्नुहुनेछ। रोकिएको कार्य अगाडि बढ्नाले जिम्मेवारी बढ्नेछ। कार्यक्षेत्रनमा गुमाएको स्थान प्राप्त गर्न सकिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा इष्टमित्रको सहयोग मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। नोकरी वा पेशामा अधिकारीहरूहरूबाट प्रशंसा पाइएला। रुचिको कार्य हात लाग्नाले उत्साह बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

साभार: हाम्रोपात्रो

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article