धर्म
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दिबारी माओवादीकाे अध्यक्षमा खगेन राजवंशी सर्वसम्मत चयन

ने.क.पा.(माओवादी केन्द्र) हल्दिबारी गाउँपालिकाको दोस्रो ऐतिहासिक अधिवेशनबाट हल्दिबारी गाउँ कमिटीको अध्यक्ष पदमा पूर्व वडा सदस्य तथा पूर्व YCL केन्द्रीय सदस्य खकेन राजवंशी सर्वसम्मत चयन भएका छन्।

Advertisement

हल्दिबारी गाउँपालिका वडा नम्बर २ स्थित भेलागुरी सिमसार सभाहलमा सम्पन्न अधिवेशन अधिवेशन आयोजक समितिका संयोजक शुकलाल राजवंशीको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवं झापा क्षेत्र नम्बर ३ का ईन्चार्ज पूर्ण प्रसाद राजवंशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

Advertisement

जिल्ला सचिव तथा संविधान सभा सदस्य मोहन टुडु, क्षेत्रीय संयोजक टीका पोखरेल, हल्दिबारी ईन्चार्ज विजय लावति सहितका नेताहरूको उपस्थितिमा सम्पन्न अधिवेशनको बन्दसत्रबाट उपाध्यक्षहरू क्रमशः सरस्वती चम्लागाई, उमेश बिमली, धन बहादुर फागो, सचिवमा हैकम घिसिङ, कृतम वन तथा कोषाध्यक्ष रचना कुलुङ सहित ३९ सदस्यीय गाउँ कमिटी सर्वसम्मत निर्वाचित भएको छ। अध्यक्ष मण्डलीले प्रदान गरेको समयसीमाभित्र कुनै प्रकारको दाबी विरोध नपरेको कारणले सर्वसम्मत चयन भएको हो।

अधिवेशनमा प्रमुख अतिथि पूर्ण सिंह राजवंशी, मोहन टुडु, अध्यक्ष मण्डलीका संयोजक टीका पोखरेल लगायत नेताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। नव-निर्वाचित अध्यक्ष खकेन राजवंशीले आफ्नो सम्बोधनमा हल्दिबारी पार्टीभित्र गुट उपगुटहरू सिर्जना हुन नदिने प्रतिवद्धता जनाउँदै सबै तह र तप्कासँग समन्वय गरेर अघि बढ्ने बताए। साथै, उनले कुनै व्यक्तिले झण्डा फालेर हिँड्दैमा पार्टीको झण्डा बेवारिसे नहुने बरु त्यो झण्डा बोक्न सयौँ युवा मैदानमा उत्रने बताए।

अधिवेशनले हालै १३, १४ र १५ वडाहरूमा सम्पन्न भएका अधिवेशनहरू अनुमोदन गर्दै बाँकी ५ वडाका निर्वाचित कार्यसमितिलाई तथा नव-निर्वाचित गाउँ कमिटीलाई आजै सपथ ग्रहण गराएको थियो। सभाध्यक्ष शुकलाल दराजवंशीले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो। स्वागत मन्तव्य हैकम घिसिङले राखेका थिए भने कार्यक्रम सञ्चालन जितलाल राजबँशीले गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article