साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

डरले कामिरहेको पृथ्वि : मनिषा विमली

 

Advertisement

रोगले जिउनै दिदैन कि कसो ?
संत्रासमा छ मानव
कतै रोगको सिकार
कतै भोकको सिकार
कतै परिवार सधैका लागी
गुमाउदाको पिडा
त कतै आफ्नो आँखा बाट
टाढा रहेका प्रियजनको पिडा।।
यो रोगले देश दुनिया डुलिरहेकोछ ।।।
तर पनि
म र मेरो संसारलाई
आफु सकरात्मक हुने
हौसला मिलोस
कम्तिमा म छु
मेरो लागी खुशि छु
भन्ने साहस मिलोस
आफैले आफैलाई कैदि
बनाउने स्वतन्त्रता पाएकोमा
आफु प्रति खुशि मिलोस।।।

Advertisement

आफ्नो ढोकाको चु्क्कुल
आफै लाउन पाउदा
आफु सहि छु भन्ने कुरामै
बिश्वास मिलोस
पेशामा खटिनु भएकोछ भने
सेवा गर्ने साचिकै समय
पाएकोमा साहसी ठान्नु होस्
सधै काम छ भन्नेहरुलाई
आराम छ भन्ने हौसला मिलोस ।।
परिवारमा कुरा गर्ने खुशि बाड्ने
केहि खड्केका सम्बन्ध हरु
पनि सुघार गर्ने प्रेरणा मिलोस।।।

हरेक आपत्त र बिपतहरु बिच
जिबन जिउने नयाँ कला
प्राप्त हुन्छ
अहिलेको महामारीमा
आफुलाई बचाउन र
आफ्नो परिवार अनि
सिङ्गो मानव जिबन
बचाएको छु
भन्ने ढडस मिलोस ।।।
जिबनमा सकारात्मक शक्तिका साथ
प्रेम, भातृत्व, सृजनसिलता र
मानबता छावस।।।
मैतिदेवी काठमाडौं ।।।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article