स्वास्थ्य
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

देवी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा ६४ जनाले गरे रक्तदान

 मूलपानी काठमाडौं/ देवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आठाैं पटकको रक्तदान कार्यक्रमक आयोजना गरी सम्पन्न गरिएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा सञ्चालित साे रक्तदान कार्यक्रमकाे सभापतित्व देवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रकाश ढुंगेलले गर्नुभएको थियोे । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखा तर्फबाट अध्यक्ष बासुदेव पौडेल, सचिव सहदेव केसी तथा उपसचिव अमृत थापाको पनि सहयोगात्मक उपस्थिति रहेको थियो।
प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई देवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष एवं कार्यक्रमका सभापति प्रकाश ढुंगेलले खादा पहराई मायाकाे प्रदान गरि सम्मान गर्नुभएको थियो ।
देवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष तथा सल्लाहकार श्याम ढुंगेलको संयोजन रहेकाे उक्त कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ६४ जनाले स्वयंसेवी तवरले स्थानीय पार्टीटार चौरमा रक्तदान गर्नुभएको थियोे ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article