शिक्षा
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

स्वास्थ्य जीवनको लागि सन्तुलित आहार र नियमित व्ययाम

समीर न्यौपाने / काठमाडौ ।

Advertisement

स्वास्थ्य जीवनको लागि सन्तुलित आहार र नियमित व्ययाम
मानिस स्वस्थ रहनको साथै लामो समय बाच्न चाहन्छ ।
खोजकर्ताहरुले मानिसले दैनिक स्वस्थ्य आहरको सेवन गरेमा उसको दैनिक दिनचर्या परिवर्तन हुने बताएका छन् ।

Advertisement

२०२४ मा क्निनिकल पोषण नामक अनलाइन समाचार खोजले जनाए अनुसार, वयस्क मानिस जो अति प्रसोधित खानेकुरा, चिनीयुक्त पेय पदार्थ, रातो मासु, सोडा लिने गर्छन तिनीहरु चाँडै बुढेसकालको शिकार भएका छन् ।

हप्तामा औषत साडे दुई घण्टा व्यायामले ३१ प्रतिशत स्वास्थ्यमा सफलता हुने र निरोगी हुने बताइएको छ ।

चिकित्सकको अनुसार व्यायामले मानिसमा संज्ञानात्मक चेतना र मानसिक स्वास्थ्य प्रबल हुने बताएका छन् ।

धेरै खाना नखाने :
मानिसहरु औधी क्यालोरीयुक्त खाना लिन्छन् । थोरै खाना लिँदा मानिसको तौल घट्छ । तर थोरमात्रामा क्यालोरीको मात्रा घटाउँदा शारिरीक शक्ति कम हुने तथा यौनमा समस्या आउने चिकित्सकहरुको भनाइ छ ।

 गेडागुडी :
प्रोटिन, फाइबर, भिटामिन, मिनिरल, कपर, म्याग्नेसियन आदी केराउ, सुपारी, ओखर, बदाम, चना, राज्मा आदी खानेकुराबाट पाइने बताइन्छ ।
मुटु सम्बन्धी रोग, उच्च रक्तचाप, मधुमेह, पेट दुख्ने , अवुर्द रोगमा गेडागुडीको प्रभाव राम्रो हुने बताइन्छ ।

बेसार :
मष्तिस्क, हृदय र फोक्सो सम्वन्धि विराम भएका मानिसलाई बेसार पानी पिउन सुझाव दिइन्छ ।

शारिरीक स्वास्थ्य :
१५ मिनेटको प्रति दिनको व्यायामले मानिसको ३ वर्षको औषत आयु बढ्ने मापन गरिन्छ । एक अध्ययनले मानिसलाई हप्तामा साढे २ घण्टा व्यायाम गर्न सुझाएको छ ।

मध्यपान नगर्ने :
कलेजो, हृदय र आमाशयमा समस्या भएका रोगीहरुलाई मध्यपान नगर्न सुझाव दिइन्छ । मधुमेह, पाचन प्रणालीमा समस्या भएका विरामी, नसाका विरामीलाई पनि मध्यपानले असर नै गर्ने वताइन्छ ।

चिया र कफि पिउनु :
ग्रिन चियाले मधुमेह, हृदयरोग र अर्वुद्व रोगको असर कम गर्छ भने कफिले अल्जाइमर तथा पार्किन्सन जस्ता रोग निर्मुल गर्ने अनुसन्धानहरुले देखाएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article