धर्म
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

पाथीभरामा राम भगवानको मुर्तिको प्राण प्रतिष्ठा तथा अनावरण

हल्दिबारी ,चैत २४ ।हल्दिबारी गाउँपालिका वडा नं-४ मा रहेको पाथीभरा सिंहकाली धार्मिक तथा पर्यटकिय विकास क्षेत्रमा राम भगवानको मुर्तिको प्राण प्रतिष्ठा तथा अनावरण कार्यक्रम आज आइतबार सम्पन्न भएको छ ।

Advertisement

स्थानीय समाजसेवी निलम प्रसाद मैनाली तथा बिष्णु देवी मैनालीको परिवार  द्वारा ७ लाख ७ हजार ७ सत ७७ रुपैयाँ बराबरको राम सिता र लक्षमणको मुर्ति विकास समितिलाई प्राण प्रतिष्ठा गरेर विशेष कार्यक्रमका बिच हस्तान्तरण गर्नु भएको थियो।

Advertisement

मुर्तिको प्राण प्रतिष्ठा तथा अनावरण कार्यक्रमको प्रमुख अतिथि मैनाली समाजका केन्द्रिय उपाध्यक्ष मिन प्रसाद मैनाली ,बिशिष्ट अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन,प्रमुख प्रशासकिय अधिकृत मान बहादुर बन (महेन्द्र ) ,वडा नं-४ का वडा अध्यक्ष सन्त कुमार थापा मगर,५ नं वडा का अध्यक्ष खड्ग लावती,कन्काई ७ का वडा अध्यक्ष भिष्म सिटौला , भद्रपुर भन्सार प्रमुख  अर्जुन प्रसाद सिटाैला, भद्रपुर भन्सार अार्थिक प्रशासन शाखा प्रमुख  सज्जय दाहाल, मैनाली समाज झापाका अध्यक्ष श्री प्रसाद मैनाली , विकास समितिका पुर्व अध्यक्ष श्री प्रसाद बाह्रकोटी,समाजसेवी होम चुडाल ,एकराज राना मगर, लगायत धार्मिक तथा सामाजिक व्यक्तित्व तथा विभिन्न धार्मिक अनुरागीहरुको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता विकास समितिका अध्यक्ष जय प्रसाद पोखरेलले गर्नु भएको थियो।

प्रमुख अतिथि,बिशिष्ट अतिथिहरुले धार्मिक विधि अनुसार रामको मुर्ति प्रतिष्ठा तथा अनावरण गर्नु भएको कार्यक्रमलाई प्रमुख अतिथि मैनालीले शुभकामना मन्तव्य राख्दै पाथीभरा सिंहकाली धार्मिक तथा पर्यटकिय विकास क्षेत्रलाई सहयोग पुग्ने हेतुले ५ लाख ११ हजार रुपैयाँ प्रदान गर्ने घोषणा समेत गर्नु भएको थियो।

मैनालीले पाथीभरा क्षेत्रको विकास गर्ने आफु र मैनाली समाज सधै सहयोगीको रुपमा रह्ने बताउदै धार्मिक पर्यटक आउने हिसाबले काम गर्ने समेत समितिलाई सुझाव दिनु भएको थियो।

उक्त कार्यक्रमलाई हल्दिबारी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर बन (महेन्द्र), वडा नं-४ का वडा अध्यक्ष सन्त कुमार थापा मगर ,विकास समितिका अध्यक्ष जय प्रसाद पोखरेल ,महेन्द्र माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक लालध्वज कङ्दन्वा  ,पण्डित सोमनाथ सुवेदी लगायतले धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास गरेर लैजाने कुरामा शुभकामना मन्तव्य राख्नु भएको थियो।

राम नवमी पर्वको अवसर पारेर विकास समितिले आयोजना गरेको राम भगवानको मुर्ति प्रतिष्ठा तथा अनावरण कार्यक्रममा स्वागत मन्तव्य विकास समितिका कोषाध्यक्ष योगेश कार्किले राख्नु भएको कार्यक्रमको सञ्चालन एवम सहजीकरण समितिको सचिव अनिल चौहानले गर्नु भएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article