धर्म
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

पशुपति प्राथमिक विद्यालयको स्वर्ण महोत्सव सम्पन्न

भद्रपुर । भद्रपुर ४ तारानगर स्थित पशुपति प्राथमिक विद्यालयको स्वर्ण महोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ ।

Advertisement


भूतपूर्व विद्यार्थी समूहको आयोजनामा सम्पन्न स्वर्ण महोत्सव अन्र्तगत पहिलो दिन रक्तदान तथा हाजिरी जवाफ प्रतियोगिता गरिएको थियो भने दोश्रो दिन स्वर्ण स्तम्भ अनावरणका साथ विविध कार्यक्रम गरी महोत्सव सम्पन्न गरिएको हो ।

Advertisement

विद्यालयका भूतपूर्व विद्यार्थी समूहका संयोजक ऋषिप्रसाद नेपालको अध्यक्षता तथा भद्रपुर नगर उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जग्गादाता परिवार, आर्थिक तथा जिन्सीदाता र उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो ।
दोश्रो दिन स्वर्ण स्तम्भ अनावरण सहित विद्यार्थी तथा शिक्षक शिक्षिकाहरूले विविध सास्कृतिक प्रस्तुती समेत राखेका थिए । स्वर्ण महोत्सवको समापन कार्यक्रममा भद्रपुर ४ का वडाध्यक्ष हंशधर राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यो पनि पड्नु होस् 

भद्रपुर । हनुमान जयन्तीको अवसर पारेर भद्रपुर १० हनुमान टोलमा अखण्ड हनुमान चालिसा तथा रामायण पाठ पारायण गरिएको छ ।


भद्रपुर नगर उपप्रमुख राधा कार्कीले उद्घाटन गरेको रामायण पाठ पारायणको नेतृत्व आचार्य पदमप्रसाद खतिवडाले गरिरहेका छन् ।

चन्द्रगढी सेवा समाज र हनुमान टोल विकास संस्थाको समन्वयमा हरेक वर्ष हनुमान जयन्तीमा रामायण पाठ पारायण हुने गरेको छ ।
उद्घाटन कार्यक्रममा भद्रपुर ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, भद्रपुर १० का वडा सचिव मनकुमार डाँगी लगायत स्थानीयको सहभागिता रहेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article