शिक्षा
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

चिल्ड्रेन गार्डेन अंग्रेजी स्कुलमा नववर्ष २०८२ को स्वागतसँगै दुई दिने स्काउट कार्यक्रम सम्पन्न

विर्तामोड, झापा । नेपाल स्काउट कोशी प्रदेश स्काउट अन्तर्गत विर्ता युथ स्काउट क्रयू विर्तामोडको आयोजनामा चिल्ड्रेन गार्डेन अंग्रेजी स्कुल, हल्दिबारी–३ मा नववर्ष २०८२ को स्वागतार्थ आयोजित दुई दिने आवासीय स्काउट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

Advertisement

उक्त कार्यक्रममा झापा जिल्लाका अर्जुनधारा, विर्तामोड, भद्रपुर, र हल्दिबारी क्षेत्रका आठवटा विद्यालयबाट करिब १२० जना विद्यार्थीहरूले सक्रिय सहभागिता जनाएका थिए। सहभागी विद्यालयहरूमा एमस एकाडेमी, अर्जुनधारा मा.वि., इडेन गार्डेन, मनकामना अंग्रेजी स्कुल, मुनाल एकाडेमी, ज्ञान सरोवर, सिग्मा र चिल्ड्रेन गार्डेन अंग्रेजी स्कुल समावेश थिए।

Advertisement

कार्यक्रम चिल्ड्रेन गार्डेन अंग्रेजी स्कुलका प्रिन्सिपल दुर्गामणि गौतमको अध्यक्षता र हल्दिबारी गाउँपालिका–४ का वडाअध्यक्ष सन्त कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा साँस्कृतिक प्रस्तुति, समूहगत गतिविधि तथा रातको १२ बजे क्याम फायरसहित २०८१ साललाई बिदाइ र २०८२ साललाई स्वागत गरियो।

नववर्ष २०८२ को बैशाख १ गते बिहान पाथिभरा सिंहकारी देवीको दर्शन गरिनुका साथै जलथलको वडाबारी, डढुवा सम्म शान्तिपूर्ण प्रभातफेरी समेत सम्पन्न भयो।

कार्यक्रममा अरुण बस्नेत (राष्ट्रिय सुशासन स्रोत विकास तथा आयुक्त), चन्द्र शेखर मैनाली (स्काउटर), नारायण श्रेष्ठ (प्रदेश प्रशिक्षक तथा सहायक राष्ट्रिय प्रशिक्षक), सिवानी देवान (शैक्षिक पद्धति आयुक्त), सुदीप पोखरेल (विद्यालय सञ्चालक अध्यक्ष), प्रतिमा भुजेल (अध्यक्ष, शिक्षक अभिभावक संघ), वन्दना अधिकारी, निशान गिरी, सुष्मिता भुजेल लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजताका लागि जलथल प्रहरी चौकीका इन्चार्ज कृष्णप्रसाद दुलालले सहजीकरण गरेका थिए भने संचालन रेन्जर स्मारिका तिवारी र जेनी चन्दले गरेका थिए। कार्यक्रममा सहभागी सबैले नववर्षको स्वागतसँगै आपसी एकता, अनुशासन र सेवाभाव सिक्ने अवसर पाएको बताइएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article