धर्म
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

पाउ पाथिभराकाे दर्शन संगै तपाईंको आजकाे राशिफल (२०८२/०१/१४) गते)

आज २०८२ साल वैशाख १४ गते आईतबार, तपाईको राशिफल ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा सबै कार्य योजनाबद्ध ढंगले सम्पादन गर्न सक्नुहुनेछ। विद्यार्थीवर्गको तार्किक प्रस्तुतिको प्रशंसा हुनेछ। धार्मिक यात्राका योग छन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

Advertisement

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लगनशीलताले आँटेको काम सम्पादन गर्न सकिनेछ। परिवारमा आफूभन्दा साना भाइबहिनीहरूको साथ र सहयोग मिल्नेछ। कार्यक्षेत्रमा नयाँ अवसरको लागि दौडधुप गर्नुपर्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विशिष्ट व्यक्तिहरूको संघ र सहायताले फाइदा दिलाउनेछ। सानो प्रयत्नले कार्यक्षेत्रमा दिगो कार्य हात लाग्नेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। भावनात्मक सम्बन्धहरू सबल हुनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साझेदारी व्यापारबाट लाभ मिल्नेछ। जीवनसाथीसँग सुमधुर समय व्यतीत हुनेछ। विरोधीहरू आफैं पन्छिनेछन्। मेहनतको पूरा फल मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धर्मकर्म गर्दा भाग्यले साथ दिनेछ। गुप्त शत्रुहरूबाट सावधान रहनुहोस्। कार्यक्षेत्रमा अरुलाई प्रभावित पारेर कार्य बनाउन सकिनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आयस्रोत भढ्नाले आर्थिक पक्ष सबल रहनेछ। व्यापार व्यवसायमा सन्तानको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। धर्मकर्ममा रुचि बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यक्तित्वलाई निखार्ने समय रहेको छ। साहित्य र लेखन कलामा विशेष सफलता मिल्नेछ। रोकिएका कार्य प्रारम्भ गर्दा राम्रो सफलता मिल्नेछ। पारिवारिक विषयवस्तुमा सुधार हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समस्यालाई गम्भीरताले नलिदा अफ्ठ्यारो पर्नसक्छ। कमजोरीलाई इष्टमित्रहरुले ढाक्ने छन्। घर परिवारको आवश्यकपूर्तिमा धन खर्चका योग छन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) स्वास्थ्य सम्बन्धी समस्याले जिम्मेदारी पूरा गर्न गाह्रो हुनेछ। राजनीतिमा नयाँ अवसरहरू मिल्नेछन्। भौतिक संसाधन जुटाउनको लागि फिजुल खर्चदेखि बच्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मानशिक वा शारीरिक समस्याहरूको सामना गर्नुपर्ला। वैवाहिक जीवनमा जीवनसाथीसँग वादविवाद देखि बच्नुहोस्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। स्वास्थ्यमा सावधानि राख्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा अधिकारीहरूबाट आश्वासन पाइनेछ। विद्यार्थी वर्गहरुलाई करियरलाई लिएर चिन्ता रहनेछ। धैर्यले काम लिनुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पुराना वादविवाद सुल्झाउनको लागि मिठो बोलिवचनको प्रयोग गर्नुहोस्। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। वित्तीय वा सरकारी संस्थाबाट लाभ प्राप्त होला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

साभार: हाम्रोपात्रो

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article