हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दीबारीमा बाल क्लव तथा सञ्जाल प्रतिनिधिहरूका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

हल्दीबारी । झापा  हल्दीबारी गाउँपालिकाको आयोजनामा र हल्दीबारी बाल सञ्जालको सहकार्यमा बाल क्लव तथा सञ्जालका प्रतिनिधिहरूका लागि अभिमुखिकरण कार्यक्रम आज हल्दीबारी गाउँपालिकामा भव्य रूपमा सम्पन्न भएको छ।

Advertisement

गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देन प्रमुख अतिथिको रूपमा उपस्थित हुनु भएको थियो। कार्यक्रममा वडा नं १, २ र ४ का वडा अध्यक्षहरू क्रमशः देवी बहादुर थापा, शुकलाल राजवंशी र सन्त बहादुर थापाको साथै कार्यपालिका सदस्य शान्ता सिवाकोटी, वडा नं १ का वडा सदस्य प्रकाश कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने, महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा, हल्दीबारी बाल सञ्जाल अध्यक्ष पवन गिरी तथा बालबालिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Advertisement

दुई सत्रमा विभाजित उक्त कार्यक्रममा पहिलो सत्रमा बालमैत्रीका सूचक र पालिकाले गर्नु पर्ने कार्य तथा कर्तव्यका विषयमा निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपानेले प्रशिक्षण दिनु भएको थियो। दोस्रो सत्रमा अपाङ्ग भएका बालबालिकासम्बन्धी विषयमा महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापाले प्रशिक्षण दिनु भएको थियो।

गाउँपालिका भरिका सामुदायिक तथा संस्थागत विद्यालयका बाल क्लवका करिब ६० जना प्रतिनिधिहरूको सक्रिय सहभागिताले कार्यक्रम अझ प्रभावकारी बनेको आयोजकहरूले बताएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)