हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

रेडक्रस झापाको ५१ औं वार्षिक साधारण सभा तथा अत्याधुनिक प्रयोगशाला सहितको रक्तसञ्चार सेवाको उद्घाटन 

भद्रपुर। नेपाल रेडको सोसाइटी झापा शाखाको ५१ वार्षिक साधारण सभा तथा कोशी प्रदेशमै अत्याधुनिक प्रयोगशाला सहीतको रक्तसञ्चार सेवाको  भौतिक पूर्वाधार तथा यातायात विकासमन्त्री देवेन्द्र दाहालले आज एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ।

Advertisement
निर्माण व्यवसायी महासङ्घ बाट प्राप्त प्राप्त ६० लाख र रेडक्रसले १५ लाख खर्च गरेर सुविधा सम्पन्न ल्याब कम्पोनेन्ट मेसिनहरु सहितको सेवा आजबाट प्रदान गर्न सुरु गरेको छ। मन्त्री दाहालकै पहलमा उक्त रकम नेपाल रेडक्रस सोसाइटी झापा शाखालाई रक्ततत्व र रगत व्यवस्थापन गर्न उपलब्ध गराइएको थियो।
मन्त्री  दाहालले रेडकसले खेलेको भूमिकाको प्रशंसा गर्दै मुलुकमा विकास र स्थिरताका लागि वर्तमान सरकारको विकल्प नरहेको बताउनु भएको छ ।
मन्त्री दाहालले विकास, समृद्धि, सुशासन र स्वतन्त्रताका लागि वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको पनि विकल्प नरहेको भन्दै केही कमी–कमजोरी भए यही व्यवस्थाभित्र रहेर ती कमी–कमजोरी सुधार गर्नुपर्ने औँल्याउनु भयो । ‘अहिलेको व्यवस्थाबाट पछि फर्किने कुरा हुँदैन’, उहाँले भन्नुभयो ‘कमी–कमजोरीहरु यही व्यवस्थाभित्र रहेर सच्याइनुपर्छ ।’
मन्त्री दाहालले मुलुकको आवश्यकता अनुसार नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनमा वर्तमान सरकार गठन भएको उल्लेख गर्दै यो सरकारलाई असफल हुने छुट पनि नरहेको बताउनु भयो । उहाँले अहिले नेपालमा केही पनि भएन भन्ने भाष्य स्थापित गर्न खोजिएको बताउँदै त्यो जनतामा भ्रम फैलाउने कुरा मात्र भएको बताउनु भयो । उहाँले ०४६ अघि २००० किमि सडक कालोपत्रे रहेकोमा त्यसपछि १५ हजार किलोमिटर सडक कालोपत्रे भइसकेको उल्लेख गर्नुभयो ।
 ‘पूर्वाधार विकासमा सरकारले धेरै प्रगति गरिसकेको छ’, उहाँले भन्नु भयो– ‘बन्दै गरेको अन्तर्राष्ट्रियस्तरको एसियन राजमार्गले सडक सञ्जाललाई थप मजबुत र सुरक्षित बनाउनेछ ।’
मन्त्री दाहालले वर्तमान सरकारको लक्ष्य ‘सुखी नेपाली, समृद्ध’ नेपाल भन्ने रहेकोले सोही लक्ष्यअनुसार सरकारले काम गरिरहेको दाबी गर्नुभयो ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालको अध्यक्षतामा आयोजित समारोहमा संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका नेता सुधीरकुमार शिवाकोटी, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल ,कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी , सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाई, निर्माण व्यवसायी सङ्घ केन्द्रीय महासचिव रोशन दाहाललगायतले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा  रेडक्रस झापाका उपसभापति मित्र देव काफ्लेले स्वागत तथा सहजीकरण रेडक्रस  झापाका मन्त्री चन्द्र चुडालको रहेको थियो।

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)