haldibari.com
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दीबारीका ६ जना सासुबुहारीलाई रेडक्रसले गर्यो सम्मान

हल्दीबारी । नेपाल रेडक्रस सोसाइटी उपशाखा हल्दीबारीको आयोजनामा असल सासु बुहारी सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

विश्व रेकर्ड दिवसको उपलक्ष्य पारेर आयोजित सम्मान कार्यक्रम को प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय छविलाल चुडाल रहनुभएको थियो।

Advertisement

उपशाखा हल्दीबारीका सभापति कर्णाखर प्रसाईको अध्यक्षतामा भएको असल सासुबुहारी सम्मान कार्यक्रम मा दुई जना सासु र चारजना बुहारीलाई सम्मान गरिएको थियो।

नेपाल रेडक्रस सोसाइटी हल्दीबारी उपशाखाले प्रत्येक वर्ष आफ्नो शाखा मार्फत दुई जना हल्दीबारी एक र दुई वडाका असल सासु र चारजना असल बुहारी छनोट गरी सम्मान गर्दै आएको छ।

यस वर्ष सम्मानित हुने हरूमा असल सासु हल्दीबारी १ कि सीमित र रेग्मी र हल्दीबारी दुई कि बुद्धित हेमरम रहेकी छन् त्यसैगरी असल बुहारीहरूमा सुजाता प्रसाई ढकाल हल्दीबारी १, कल्पना नेमाङ हल्दिबेरी १, मिना राजवंशी हल्दीबारी २ र मालिका सेवाकोटी चुँडाल हल्दिबारी २ रहेकी छन्।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि माननीय छविलाल चुडाल कार्यक्रमको विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला सदस्य शर्मिला अधिकारी लगायतले नगदसहित दोसल्ला ओडाएर कदरपत्रले सम्मानित गर्नुभएको थियो।

कार्यक्रमलाई प्रमुख अतिथि माननीय चुडाल रेडक्रस जिल्ला सदस्य शर्मिला अधिकारी असल बुहारी सम्मान प्रायोजनकर्ता रमेश कुमार तिम्सिना, रेडक्रस कर्मी एवं योगगुरु नरबहादुर बस्नेत, हल्दीबारी हेल्थ पोस्टका प्रमुख रामप्रसाद ढकाल, हल्दीबारी माविका प्राचार्य टंक पाख्रिन लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमको औचित्यमाथि उपशाखा हल्दीबारीका सभापति कर्णाखर प्रसाईले प्रष्ट पार्नुभएको कार्यक्रम मा स्वागत मन्तव्य उपशाखाका कार्यसमिति सदस्य अर्जुनकुमार पौडेलले गर्नुभएको कार्यक्रमको सहजीकरण एवं सञ्चालन रेडक्रस उपशाखा उपशाखा सचिव कृष्ण प्रसाईको रहेको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article