haldibari.com
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दीबारीमा शिक्षाको उज्यालो भविष्यका लागि ओमनाथ प्रसाईं परिवारको प्रेरणादायी योगदान

हल्दीबारीमा शिक्षाको उज्यालो भविष्यका लागि ओमनाथ प्रसाईं परिवारको प्रेरणादायी योगदान

Advertisement
हल्दीबारी / बैशाख २८
 “स्मृति सँधै अमर हुन्छ जब त्यो समाजका लागि केही योगदान दिन्छ।”
ठ्याक्कै यही भावनालाई मूर्तरूप दिँदै हल्दिबारी–२ निवासी शिक्षाप्रेमी तथा समाजसेवी श्री ओमनाथ प्रसाईं र वहाँकी धर्मपत्नी श्रीमती चन्द्रिका प्रसाईंले एक अनुकरणीय कार्य सम्पन्न गर्नुभएको छ।
उहाँहरूले आफ्ना स्व. पिता योगेन्द्र प्रसाईं र स्व. माता डम्बरकुमारी प्रसाईंको पवित्र स्मृतिमा रु. २,११,११५।– (दुई लाख एघार हजार एक सय पन्ध्र रूपैयाँ) बराबरको अक्षयकोष स्थापना गरी सो रकम हल्दीबारी माध्यमिक विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो।
विद्यालय परिवारले प्रसाईं दम्पतीको यो भावनात्मक र समर्पित योगदानलाई गहिरो सम्मानका साथ स्वागत गरेको छ। कार्यक्रमका क्रममा विद्यालय प्रशासनले उक्त अक्षयकोषको ब्याजबाट हरेक वर्ष कक्षा १२ का उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्ने योजना सार्वजनिक गरेको छ।
विद्यालयका प्रधानाध्यापक टंक बहादुर पाख्रिनका अनुसार प्रत्येक वर्ष कक्षा १२ मा अध्ययनरत साधारण धार (General Stream) तर्फबाट उत्कृष्ट १ छात्र र १ छात्रा त्यस्तै प्राविधिक धार (बाली बिज्ञान) तर्फबाट उत्कृष्ट १ छात्र र एक छात्रलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ।
विद्यालयका प्रधानाध्यापकले प्रसाईं परिवारप्रति हार्दिक आभार व्यक्त गर्दै यस्तो योगदानले विद्यार्थीमा पढाइप्रति लगाव बढाउने, प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने र समाजमा सकारात्मक सोचको बीजारोपण गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
स्थानीय समाजले पनि प्रसाईं दम्पतीको यो योगदानलाई ‘शिक्षामा लगानी, समाजप्रति समर्पण’ को उदाहरणीय प्रेरणा भन्दै कृतज्ञता व्यक्त गरेका छन् ।

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article