हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

पाथीभरा माताले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस आजको राशीफल (२०८२/०२/०६) गते)

आज २०८२ साल जेठ ६ गते म‌ंगलबारको राशीफल ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक कारोबारलाई लिएर नयाँ निर्णयहरू लिन सक्नुहुनेछ। जग्गा जमिनको किनबेचबाट विशेष लाभ आर्जन होला। कार्यक्षेत्रमा कार्य सम्पादनको लागि खट्नुपर्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

Advertisement

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्यार्थीहरूलाई उच्च शिक्षामा आइरहेका बाधाहरू पन्सिनेछन्। रोजगारका नयाँ अवसरहरू मिल्नेछन्। प्रेम सम्बन्धमा बोलीको विशेष ध्यान राख्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा सहयोगीहरूसँग राम्रो व्यवहार बनाएर राख्नुहोस्। विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रभावशाली व्यक्तित्वसँग राम्रो सम्बन्ध स्थापित गर्ने समय रहेको छ। युवाहरूलाई करियरमा अगाडि बढ्ने मौका मिल्नेछ। वित्तीय र सहकारी संस्थाहरूबाट लाभ आर्जन गर्न सकिएला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परिवारबाट राम्रो सहयोग मिल्नेछ। बिग्रेको कार्यलाई पुनः सुधार गर्ने अवसर मिल्नेछ। विद्यार्थीको सोशल मीडिया र इन्टरनेटमा धेरै समय व्यतीत हुनेछ। संगीतको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापार व्यवसायमा सन्तान पक्षबाट सहयोग मिल्नेछ। समाजमा मानसम्मान बढ्नेछ। कार्यक्षेत्रमा अनुभवको फाइदा उठाउन सकिएला। महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। व्यापार विस्तारलाई लिएर योजनाहरू बन्नेछन्। इष्टमित्रहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापार व्यवसायमा नयाँ योजनामा सफलता मिल्नेछ। परिवार वा मित्रहरूसँग घुमघामका नयाँ अवसरहरु मिल्नेछन्। विद्युतीय उपकरण चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सकारात्मक सोच राखेर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। विश्वासपात्र व्यक्तिहरूबाट सहयोग मिल्नेछ। प्रशासनिक क्षेत्रमा रोकिएको काम बन्नेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग केसरी हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दिन लाभदायी रहनेछ। पारिवारिक सम्बन्धमा मजबुती आउनेछ। कार्यक्षेत्रमा भागदौड धेरै गर्नुपरे पनि राम्रो सफलता हात लाग्नेछ। कृषि वा पशुपालनबाट लाभ आर्जन गर्न सकिएला। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धैर्य र पराक्रमले नयाँ कार्यप्रति उत्साह जाग्नेछ। कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। कम बोल्नु हजुरको लागि लाभकारी सिद्ध हुनेछ। नयाँ कार्य प्रारम्भ गर्नु भन्दा रोकिएका कार्यलाई अगाडि बढाउनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। चिताएका कार्य पूरा गर्न संघर्ष गर्नुपर्ला। अरुको झैँ झगडामा आफूअगाडि नबढ्नुहोस्। बोलि र व्यवहारमा नियन्त्रण राख्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

साभार: हाम्रोपात्र

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)