अर्थ
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

कचनकवल गाउँपालिकामा १३ करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण

नेत्रविक्रम बिमली, झापा। झापाको कचनकवल गाउँपालिकामा चालु आर्थिक वर्षको नौ महिनामा मात्रै सामाजिक सुरक्षा भत्ताका रूपमा १३ करोड ४५ लाख ९२ हजार ८४३ रुपैयाँ वितरण गरिएको छ।

Advertisement

Advertisement

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलका अनुसार, आर्थिक वर्ष २०८१/८२ को चैत महिनासम्ममा विभिन्न ८ वटा क्लस्टरमा समेटिएका ४४९६ जना लाभग्राहीलाई नेपाल सरकारले तोकेको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो।

सूचना अधिकारीद्वारा उपलब्ध विवरणअनुसार, सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूमा यस प्रकार छन्:

२७०१ जना जेष्ठ नागरिक: मासिक ४,००० रुपैयाँ

३२ जना दलित जेष्ठ महिला (६०–६८ वर्ष): मासिक २,३६० रुपैयाँ

३२२ जना एकल जेष्ठ महिला: मासिक २,६६० रुपैयाँ

६५५ जना विधवा महिला: मासिक २,६६० रुपैयाँ

१६९ जना पूर्ण अपाङ्गता भएका व्यक्ति: मासिक ३,९९० रुपैयाँ

५०५ जना अति अशक्त अपाङ्गता भएका व्यक्ति: मासिक २,१२८ रुपैयाँ

५७ जना दलित बालबालिका: मासिक ५३२ रुपैयाँ

५५ जना लोपोन्मुख समुदायका व्यक्ति: मासिक ३,९९० रुपैयाँ

गाउँपालिकाका ७ वटै वडाबाट पहिचान गरिएका लाभग्राहीहरूलाई प्रत्येक ३-३ महिनामा बैंकमार्फत भुक्तानी प्रदान गरिँदै आएको छ। प्रमुख प्रशासकीय अधिकृत पोखरेलका अनुसार, भत्ता सम्बन्धी सम्पूर्ण वितरण लाभग्राहीहरूको खातामा सिधै जम्मा गरिने व्यवस्था मिलाइएको छ।

कचनकवल गाउँपालिकाको तथ्यांकअनुसार, सामाजिक सुरक्षा योजनामार्फत वार्षिक रूपमा १८ करोड रुपैयाँभन्दा बढी खर्च हुने गरेको देखिन्छ। यस कार्यक्रममार्फत आर्थिक, सामाजिक र मानसिक रूपमा कमजोर वर्गलाई राहत पुर्‍याउने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article