शिक्षा
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको बोर्डिङ स्कुलमा खानेपानी सेवनपछि १७ विद्यार्थी बिरामी, अस्पताल भर्ना

झापा । झापा जिल्लाको बाह्रदशी गाउँपालिका–६ स्थित मिनी माउन्टेन ईङलिस सेकेण्डरी बोर्डिङ स्कुलका १७ जना विद्यार्थी धाराको पानी पिएपछि सिकिस्त बिरामी परेका छन्। आज दिउँसो करीब २ बजे विद्यालयकै धाराबाट पानी पिएलगत्तै ती विद्यार्थीहरूलाई पेट दुख्ने, वान्ता हुने जस्ता समस्या देखिएको हो।

Advertisement

विद्यालय प्रशासनका अनुसार बिरामी भएका विद्यार्थीहरूलाई तत्काल विद्यालयका शिक्षकहरूले उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल पुर्‍याइएको छ। अहिले उनीहरूको उपचार अस्पतालमै भइरहेको र सबैको अवस्था खतरामुक्त रहेको झापाका प्रहरी स्रोतले जनाएको छ।

Advertisement

बिरामी भएका विद्यार्थीहरूको नामावली यस प्रकार छः
१. सुमित्रा किस्कु (वर्ष ११)
२. रेवन बि.क (वर्ष १०)
३. प्रनिसा अधिकारी (वर्ष ९)
४. खुस्बु बर्देवा (वर्ष ९)
५. सुप्रिया सुन्दास (वर्ष १०)
६. सेन्जे हाङमा शर्मा (वर्ष १०)
७. मनिता गजुरेल (वर्ष १०)
८. बिना रिजाल (वर्ष ११)
९. आदित्य ढकाल (वर्ष ११)
१०. अरबिदा राई (वर्ष ११)
११. सुशान्त कार्की (वर्ष ११)
१२. प्रनिशा कार्की (वर्ष ११)
१३. सृष्टि मावो (वर्ष १०)
१४. ग्रीष्मा साह (वर्ष ११)
१५. अनुसा भुजेल (वर्ष ८)
१६. ईसिका भुजेल (वर्ष ९)
१७. वर्षा लिम्बु (वर्ष ९)

स्वास्थ्य समस्या देखा पर्नुको कारण तत्काल स्पष्ट नभए पनि दूषित पानी सेवनका कारण विषाक्तता भएको आशंका गरिएको छ। यस विषयमा थप परीक्षण र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article