हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दीबारीमा पाथिभरा मन्दिर तोडफोड  – श्रद्धामा आघात

झापाको हल्दिबारी गाउँपालिका–४ मा रहेको ऐतिहासिक तथा आस्थाको केन्द्र पाथीभरा मन्दिरमा आज अपराह्न ३:३० बजे एक दुखद घटना घटेको छ।

Advertisement

स्थानीय स्रोतका अनुसार, मन्दिरमा कोही पनि नभएको मौका छोपी अन्दाजी ३ देखि ४ जना अपरिचित युवाहरूले मन्दिरको पुजारी बस्ने भवनको सिसाको झ्याल र तीनवटा कुर्सी तोडफोड गरेका छन्।

Advertisement

घटनाबारे जानकारी दिँदै मन्दिरका पुजारीले प्रहरी चौकी जलथलमा उजुरी दिएका छन्। उनका अनुसार, उनी काम विशेषले बाहिर गएको बेला घटना घटेको हो। फर्किएपछि मन्दिरको अवस्था देखेर उनी स्तब्ध बनेका थिए।

प्रहरीका अनुसार तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान खुल्न बाँकी छ र खोजतलासको प्रक्रिया तीव्र पारिएको छ।

पवित्र स्थलमा भएको यो किसिमको तोडफोडले स्थानीयमा आक्रोश र चिन्ता बढाएको छ। श्रद्धा र आस्थाको केन्द्रमा यसरी हमला हुनु दुःखद मात्र होइन, समाजको मूल्यमान्यतालाई नै चुनौती दिने खालको हो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)