समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

श्रीमतीको खुकुरी प्रहारबाट श्रीमानको मृत्यु

खोटाङमा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमानको मृत्यु भएको छ ।बराहपोखरी गाउँपालिका वडा नं। १ का छकुमार राईको मृत्यु भएको हो ।५० वर्षीय मेनुका राईको खुकुरी प्रहारबाट राईको सोमबार दिउँसो घट्नास्थलमै मृत्यु भएको हो ।

Advertisement

राईको शव जिल्ला अस्पताल गाईघाटमा पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा दिइ सकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले बताए ।

Advertisement

श्रीमानलाई खुकुरी प्रहार गर्ने मेनुकालाई ईलाका प्रहरी कार्यालय खोटाङबजारले नियन्त्रणमा लिइ मंगलबार जिल्ला प्रहरी कार्यालय दिक्तेल पुर्याइएको छ ।मानसिक सन्तुलन गुमाएकी मेनुकाले टाउको, ढाड लगायतका विभिन्न ठाउँमा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article