समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बुद्धशान्ति गाउँपालिकाबाट ६१४ परिवारलाई निःशुल्क स्वास्थ्य बीमा

नेत्रविक्रम बिमली, झापा । झापाको बुद्धशान्ति गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा ६१४ परिवारका ३ हजार ७० जनालाई निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराएको छ।

Advertisement

गाउँपालिका अध्यक्ष मनोज प्रसाईका अनुसार, अति विपन्न, दलित, अल्पसंख्यक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई स्वास्थ्य सेवा पहुँचमा ल्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।

Advertisement

गाउँपालिकाका सूचना अधिकारीले दिएको जानकारी अनुसार, वडा नम्बर १ मा ११८ जना, वडा नम्बर २ मा १३७ जना, वडा नम्बर ३ मा ९७ जना, वडा नम्बर ४ मा १०९ जना, वडा नम्बर ५ मा ६३ जना, वडा नम्बर ६ मा ४९ जना र वडा नम्बर ७ मा ४१ जना लाभान्वित भएका छन्।

यस कार्यक्रमले गाउँपालिकाभित्रका आर्थिक रुपमा कमजोर वर्गलाई स्वास्थ्य सुरक्षामा ठूलो राहत पुर्याएको बताइएको छ। स्थानीय स्तरमै यस्ता कार्यक्रमले स्वास्थ्य सेवामा पहुँच विस्तार हुनुका साथै सामाजिक समावेशीतालाई पनि सुदृढ बनाउने अपेक्षा गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article