धर्म
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

कैलाशेश्वर शिव पञ्चायन मन्दिरको पुराणबाट ३१ लाख ६० हजार आम्दानी

भद्रपुर । भद्रपुर ९ प्रकाशपुर स्थित कैलाशेश्वर शिव पञ्चायन मन्दिर परिसरमा बैशाख १६ देखि २४ गतेसम्म सञ्चालन गरिएको श्रीमद्भागवत महापुराणबाट ३१ लाख ६० हजार ९५८ रूपैया आम्दानी भएको छ भने ७ लाख ७७ हजार ७७२ रूपैया खर्च भएको सार्वजनिक गरिएको छ ।

Advertisement

पुराण आयोजक समितिले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको विवरण अनुसार २३ लाख ८३ हजार १८६ रूपैया खर्च कटाएर बचत भएको जानकारी दिएको हो ।

Advertisement

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा पुराण मूल आयोजक समितिका अध्यक्ष चुडामणि मैनालीको सभापतित्व तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सरोकारवाला राखेर पुराणको आम्दानी खर्च सार्वजनिक गरिएको थियो ।

अध्यक्ष मैनालीले मन्दिर संञ्चालनार्थ अक्षय कोष खडा गर्न पुराण आयोजना भएको बताउँदै खर्च कटाएर बचेको सवै रकम उद्देश्य अनुरूप परिचालन गरिने छ ।

कोषाध्यक्ष गोपालप्रसाद श्रेष्ठले आय व्यय सार्वजनिक गरेको कार्यक्रममा भद्रपुर ९ का वडाध्यक्ष रामप्रसाद दाहाल, भद्रपुर १० का कार्यबाहक वडाध्यक्ष तुलसी पोखरेल, दुर्गामाता उपासना समितिका सचिव हरिकिशोर आचार्य लगायतले मन्तव्य राख्दै सार्वजनिक पुराणबाट आएको रकम लक्ष्य अनुकुल पारदर्शी तरिकाले खर्च गर्ने बानी बसाल्दा मितव्ययिता हुने धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन मन्दिर व्यवस्थापन समितिका सहसचिव राजन न्यौपानेले गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article