साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कबिता : शिर्षक “पुलकित नयन ” :दयानन्द गौस्वामि

आँसू ले डुबेको यो बसुन्धरामा
सम्हालेर राख तिम्रा ती कदमहरु,

Advertisement

सायद ती सुकि सकेका होलान
त्यसैले सिस्किहरु तिम्लाइ हेर्छन,

Advertisement

छाया सरी तिम्रा ती सम्झनाहरुले
मेरा पद चिह्नहरु पछ्याउँदै छन् ,

स्तब्धतामा सारा बिलीन भै रहँदा
प्रेमिल मुस्कानको अनुभूति हुन्छ,

अर्धभङ्गी सितारका ती झंकारहरु
अन्तर मानसमा नै तरंगित हुन्छन्,

निशीको श्याम सरी कालो कपाल
मोतीका दानाहरु झैँ बर्षिँदै बादल,

रिमझिम गर्दै त्यो मुसलधारे बर्षा

अनी विभोरान्वित मिठो मुस्कान,

जब सम्झिन्छु अतीत का ती क्षण
पुलकित हुन्छन द्वय विलोचनहरु,

आँसू ले डुबेको यो बसुन्धरामा
सम्हालेर राख तिम्रा ती कदमहरु,

सायद ती सुकी सकेका होलान
त्यसैले सिस्किहरु तिम्लाई हेर्छन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article