धर्म
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

भगवान बुढानिलकण्ठले हामी सबैको रक्षा गरुन्, हेर्नुहाेस आजकाे राशिफल (२०८२/०२/१६ गते)

आज २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिनले उत्साहमा कमी लिएर आउनेछ। परिवारको मनमुटाव सुल्झ्याउन समय बित्नेछ। व्यापार व्यवसायमा नयाँ निर्णयको लागि उपयुक्त समय पर्खिनुहोला। सल्लाह दिनबाट बच्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।

Advertisement

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा कुनै प्रकारको जोखिम लिनबाट बच्नुहोस्। स्वास्थ्य सम्बन्धी समस्याबाट मुक्ति मिल्नेछ। रोकिएका कार्यहरू अगाडि बढ्नेछन्। नोकरी वा पेशामा कार्यको जस पाउनुहुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा आलस्यबाट बच्नुहोस्। वैदेशिक व्यापारबाट शुभ सूचना मिल्नेछ। आफन्तहरूसँग रमाइलो भेटघाट हुनेछ। चिताएको कार्य सम्पादित गर्न बाधा आउनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा कार्य बिग्रिनको डरले मनमा अज्ञात भय रहनेछ। सम्पत्तिलाई लिएर कानुनी समस्या थियो भने सुल्झिनेछन्। पारिवारिक भ्रमणको सम्भावना छ। व्यापार व्यवसायमा नयाँ योजनाहरू बन्नेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आर्थिक कारोबारमा नयाँ निर्णय लिनुभन्दा अघि जानकारको सल्लाह अवश्य लिनुहोला। व्यापार व्यवसायमा दीर्घकालीन योजनाहरू बन्नेछन्। विद्यार्थीहरूको पठनपाठन भन्दा मनोरञ्जनमा समय बित्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नोकरी वा पेशामा हजुरको कुराको महत्व बढ्नेछ। रोकिएको पैसा मिल्ने सम्भावना रहेको छ। पुरानो साथीसँग भेटघाट हुनेछ। वाहन चलाउँदा सावधान रहनुपर्ने हुन्छ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ५ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आयका नयाँ स्रोतहरू बन्नेछन्। योजना बनाएर कार्य गर्नुहोस सफलता मिल्नेछ। आर्थिक कारोबारमा नयाँ निर्णयहरू सम्पादन हुनेछन्। व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापार व्यवसायमा दीर्घकालीन योजना बन्नेछन्। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। सरकारी नोकरीमा परीक्षा को शुभ सुचना मिल्ला। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफ्नो कुराले अरुलाई प्रभावित पारेर कार्य बनाउन सक्नुहुनेछ। व्यापारमा नयाँ अनुबन्धहरू सफलतापूर्वक सम्पादित हुनेछन्। जीवनसाथीसँग रमाइलो सम्बन्ध रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक कार्यले प्रतिष्ठा बढ्नेछ। विद्यार्थीहरूलाई मानसिकबोझबाट मुक्ति मिल्नेछ। व्यापार व्यवसायमा गोप्य कुराहरूलाई गोप्य राख्ने प्रयास गर्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापार व्यवसायमा थप लगानी लगाउने समय रहेको छ। सन्तान पक्षबाट शुभ सुचना मिल्नेछ। कर्यक्षेत्रमा एउटा कार्य सिध्याएर मात्र अर्को कार्य थाल्नु होला अविवाहित हरूलाई विवाहको प्रस्ताव मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज हजुर ऊर्जावान रहनुहुनेछ। व्यापार व्यवसायलाई बढाउन सकिनेछ। राजनीतिक क्षेत्रमा कुनै जिम्मेवारी मिल्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

साभार: हाम्रोपात्र

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article