शिक्षा
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बिर्तामोडमा बाल अधिकार प्रवर्द्धनका लागि एक दिने तालिम सम्पन्न

बिर्तामोड, झापा — बाल अधिकार प्रवर्द्धन तथा बालमैत्री समाज निर्माणका लागि आवश्यक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले झापाको बिर्तामोडमा एक दिने बाल क्लब फोकल पर्सन तालिम सम्पन्न भएको छ।

Advertisement

समय सञ्जालको आयोजनामा र बिर्तामोड नगरपालिकाको सहकार्यमा सम्पन्न उक्त तालिममा नगरभित्रका विभिन्न विद्यालयहरूबाट सहभागी भएका बाल क्लब फोकल पर्सनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Advertisement

तालिममा बाल बालिका तथा शिक्षा सञ्चार मञ्च झापाका संयोजक सरोज पौडेलले प्रशिक्षण दिनुभएको थियो। उहाँले बाल अधिकार, बाल संरक्षण, बाल सहभागिता, नेतृत्व विकास र बाल क्लब सञ्चालनका लागि आवश्यक व्यवहारिक सीप र ज्ञान प्रदान गर्नुभएको थियो।

सहभागीहरूले तालिमबाट बाल क्लबको प्रभावकारी सञ्चालन, विद्यालय तथा समुदायमा बाल अधिकारको प्रवर्द्धन, र नेतृत्व विकासका विविध पक्षहरूबारे महत्वपूर्ण ज्ञान हासिल गरेको अनुभव सँगालेका छन्।

तालिमको क्रममा बाल संरक्षणका सिद्धान्तहरू, बालमैत्री वातावरण निर्माणका उपायहरू, र व्यवहारिक कार्यशालाहरू समेत सञ्चालन गरिएको थियो, जसले सहभागीहरूको क्षमता अभिवृद्धिमा थप योगदान पुर्‍याएको छ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संगा्रैला प्रमुख अतिथि रहनुभएको थियो। उहाँले बाल क्लब फोकल पर्सनहरूलाई सपथ ग्रहण गराउँदै, आगामी वर्षदेखि नगरपालिकाको बजेट बालकेन्द्रित ढंगमा विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सहभागी फोकल पर्सनहरूले आ–आफ्नो विद्यालयमा लागू गर्नका लागि तयार पारेका योजना उपप्रमुख समक्ष हस्तान्तरण गरेका थिए।

न्युट्न्स एजुकेशन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईले कार्यक्रमलाई शुभकामना मन्तव्य  राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन समय सञ्जालका कार्यकारी सम्पादक सृजन घिमिरेले गर्नुभएको थियो।

बाल अधिकारको सशक्तिकरण र विद्यालयस्तरमै बालमैत्री वातावरण निर्माणमा केन्द्रित यस तालिमले दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article