हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापा गाउँपालिकाद्वारा मुस्लिम धर्मगुरुहरूलाई प्रोत्साहन भत्ता वितरण

झापा — झापा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका मुस्लिम समुदायका इमाम, मोलबी, अजान र नमाज पढाउने धर्मगुरुहरूलाई प्रोत्साहनस्वरूप नगद भत्ता वितरण गरेको छ।
गाउँपालिकाले हरेक धर्मगुरुलाई रु १२,००० को दरले भत्ता वितरण गरेको हो। यो कार्यक्रम झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष श्रीमती अन्जु देवी थापलिया, प्रमुख प्रशासकीय अधिकृत श्री गजेन्द्र थपलिया, वडा नं १ का अध्यक्ष श्री राजकुमार यादव, तथा वडा नं ४ का अध्यक्ष श्री महमद ताहिरको विशेष उपस्थितिमा सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष थापलियाले धार्मिक सहिष्णुता र समावेशी विकासमा गाउँपालिकाले विशेष ध्यान दिएको बताउनु भयो। साथै, यस्ता कार्यक्रमहरूबाट विभिन्न समुदायबीचको समरसता अझै मजबुत हुने विश्वास व्यक्त गरिएको छ।
गाउँपालिकाले आगामी दिनमा पनि सबै जातजाति, भाषा, धर्म र समुदायलाई समान सम्मान र अवसर प्रदान गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)