शिक्षा
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दिबारीमा बाल संजालद्वारा आयोजित हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, हल्दिबारी मावि प्रथम

हल्दिबारी गाउँपालिका वडा नं २ अन्तर्गत बाल संजालको आयोजनामा आयोजित आधारभूत तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता आज एक विशेष कार्यक्रमका बीच हल्दिबारी माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ।

Advertisement

Advertisement

कार्यक्रमका प्रमुख अतिथि वडा नं २ का वडाध्यक्ष शुकलाल राजवंशीले कार्यक्रमको ब्यानर वाचन गरी औपचारिक उद्घाटन गर्नु भयो। प्रतियोगितामा ९ वटा संस्थागत तथा १० वटा सामुदायिक विद्यालयका छात्रछात्राहरू सहभागी भएका थिए।

उद्घाटन समारोहमा वडाध्यक्ष राजवंशी, वडा सदस्य अम्बिका तोलाङ्गी , हल्दिबारी माविका सहायक प्रधानाध्यापक रमेशचन्द्र पौडेल, सस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक गोविन्द बोहोरा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। साथै, वडा सदस्य विष्णु राई, रचना कुलुङ राई, गणेश मगर, गरमकालीका प्रधानाध्यापक राम पराजुली तथा विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतियोगितामा हल्दिबारी माध्यमिक विद्यालयका प्रवेश पाठक, यज्ञ राउत र कञ्चन घिमिरे प्रथम भएका छन्। दोस्रो स्थानमा कृष्ण सागर अङ्ग्रेजी विद्यालयका लक्ष्मी कर्मकार, युवराज सुवेदी र रिदम घिमिरे रहेका छन् भने तेस्रो स्थान चिल्ड्रेन गार्डेन अङ्ग्रेजी विद्यालयका पंकज पौडेल, योगेश गिरी र उपसना सुवेदीले प्राप्त गरेका छन्।

विजेता टोलीहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो। प्रथम हुने टोलीले रु ५,०००, दोस्रो हुनेले रु ३,००० र तेस्रो हुनेले रु १,५०० प्राप्त गरेका छन्।

कार्यक्रम बाल संजाल वडा नं २ का अध्यक्ष युबराज गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष पुष्पा दङ्गालले दिएकी थिइन्। औपचारिक कार्यक्रमको सञ्चालन तथा सहजीकरण शिक्षक तुलसी कोइरालाले गर्नुभएको थियो।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article