हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

फोटो पत्रकार वन्त म्युजिक खबर फोटो पत्रकारिता विधाबाट सम्मानित

काठमाडौँ, २३ जेठ ः म्युजिक खबर म्युजिक अवार्डको १२औँ संस्करणमा फोटो पत्रकार प्रदीपराज वन्त ‘म्युजिक खबर फोटो पत्रकारिता सम्मान २०८१’ बाट सम्मानित हुनुभएको छ । फोटो पत्रकारिताका क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आउनुभएका वन्त राष्ट्रिय समाचार समिति (रासस)मा आबद्ध हुनुहुन्छ । हाल उहाँ फोटो पत्रकारहरूको संस्था एनएपीजेका अध्यक्षसमेत हुुनुहुन्छ ।

Advertisement

Advertisement

कार्यक्रममा विशिष्ट गीतकार यादव खरेललाई म्युजिक खबर दीर्घ साधना सम्मान–२०८१ अर्पण गरिएको थियो । सयौँ गीत लेख्नुभएका गीतकार खरेलका गैरी खेतको शीरै हान्यो, चैतमास खडेरीमा डढेलोले वनै खायो, यस्तो पनि हुँदो रैछ, नौ सय खोला तरेर जाने, उडुँ कि गुडुँ मलगायतका गीतहरू कालजयी छन् ।

उहाँले चलचित्र नासो, प्रेमपिण्ड, श्रीस्वस्थानी, नासो, लोभीपापी, आदिकवि भानुभक्तलगायतको निर्माण तथा निर्देशन गर्नुभएको छभने चलचित्र विकास बोर्डको पहिलो अध्यक्षसमेत हुनुहुन्छ । गीतकार खरेललाई रु ५१ हजार नगद राशिसहित दीर्घ साधना सम्मान अर्पण गरिएको जानकारी कार्यक्रम संयोजक सविता पोखरेलले बताउनुभयो ।


यस वर्षको म्युजिक खबर रजत सङ्गीत सम्मान–२०८१ गायक तिलकसिंह पेलालाई अर्पण गरिएको थियो भने यस्तै यस वर्षको म्युजिक खबर दशक सङ्गीत सम्मान गायक खुमन अधिकारी र गायिका जुनु रिजाल काफ्लेलाई प्रदान गरिएको थियो । यस वर्षको म्युजिक खबर युवा सङ्गीत सम्मान गायिका मीना लामालाई अर्पण गरिएकोे छ । त्यसैगरी यस वर्षको म्युजिक खबर सङ्गीत पत्रकारिता पुरस्कार रङ्गपत्रकार एमपी सुब्बा र दिपाञ्जली शाहले प्राप्त गर्नुभएको छ । उहाँहरू दुवै जनालाई रु पाँच हजार ५५५ नगद राशिसहित पुरस्कार प्रदान गरिएको थियो । नागरिक उडड्यन तथा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले उहाँहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।

त्यसैगरी यस वर्षको बाल प्रतिभा प्रोत्साहन सम्मान बाल गायिका पूजा देवकोटालाई दिइएको थियो । म्युजिक खबर डायस्पोरा सङ्गीत सम्मान गीतकार डा रमिल अधिकारीलाई प्रदान गरिएको छ । यस वर्ष सङ्गीत क्षेत्रमा व्यावसायिक रूपमा क्रियाशील विमल शाहले म्युजिक खबर सङ्गीत व्यवसायी सम्मान पाउनुभएको छ ।

अन्य विभिन्न विधागत गीत सङ्गीका गायक, गायिका, मोडल तथा सङ्गीतकर्मीहरूलाई विधागत अवार्ड पनि प्रदान गरीएको थियो । म्युजिक खबर म्युजिक अवार्ड कार्यक्रमका निर्देशक वरिष्ठ पत्रकार एवं गीतकार शान्तिप्रियले विगत १२ वर्षदेखि यस्तो कार्यक्रम गरिँदै आएको जानकारी दिनुभयो ।

सुमन पण्डित अध्यक्ष रहेको अवार्ड कार्यक्रममा वरिष्ठ कलाकार, निर्देशक, हाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, वरिष्ठ गायक, सङ्गीतकार नारायण रायमाझी, वरिष्ठ कलाकार एवं निर्देशक हाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ साहित्यकार राधेश्याम लेकाली, वरिष्ठ गायिका देविका बन्दनालगायतको उपस्थिति थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)