स्वास्थ्य
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

ब्रम्ह टोल मिसा पुच:को आठौं वार्षिकोत्सवमा विशेष योगदान

ललितपुर — ब्रम्ह टोल मिसा पुच:ले आफ्नो आठौं वार्षिकोत्सव लाई सामाजिक उत्तरदायित्वसँग जोड्दै पहिलो पटक विशेष रक्तदान कार्यक्रमको आयोजना गर्‍यो।

Advertisement

कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भयो। सभाध्यक्षको भूमिकामा पुच:का अध्यक्ष बुद्धिलक्ष्मी महर्जन रहनुभएको थियो।

Advertisement

समाजसेवी प्रेमसागर कर्माचार्यले कार्यक्रममा रक्तदान गर्ने सबै स्वयंसेवीलाई प्रशंसा–पत्र वितरण गरी सम्मान गर्नुभयो। उहाँले समाजमा रक्तदानको महत्वबारे प्रकाश पार्दै यो अभियानलाई अझ सशक्त बनाउन आग्रह गर्नुभयो।

कार्यक्रममा महिला र पुरुष गरी कुल ५० जनाले रक्तदान गरे। मानवता र सेवा भावले प्रेरित यस कार्यक्रममा सहभागीहरूले आफ्नो थोपा–थोपा रगतले अनगिन्ती जीवन बचाउने विश्वास व्यक्त गरे।

यो विशेष रक्तदान कार्यक्रमले मिसा पुच:को सामाजिक समर्पणलाई उजागर मात्र गरेन, भावी पुस्तालाई पनि प्रेरणा दिने काम गर्‍यो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article