समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बाह्रदशी गाउँपालिकाले १९३६ परिवारको गर्‍यो स्वास्थ्य बीमा

हल्दीबारी। झापाको बाह्रदशी गाउँपालिकाले आफ्ना वडाभरिका १९३६ परिवारलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याएको छ। आर्थिक वर्ष २०८१/०८२ को बजेटमार्फत अति विपन्न, अपाङ्ग, सन्थाल र मुस्लिम समुदायलाई लक्षित गर्दै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको हो।

Advertisement

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाका अनुसार, १९३६ परिवारका ९ हजार ६ सय ८० जना नागरिक यो कार्यक्रममार्फत आवद्ध भएका छन्। कार्यक्रम कार्यान्वयनका लागि पालिकाले करिब ६७ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ।

Advertisement

वडागत रूपमा हेर्दा वडा नं १ मा १३५ परिवार, वडा नं २ मा ४५७ परिवार, वडा नं ३ मा ३४६ परिवार, वडा नं ४ मा १७० परिवार, वडा नं ५ मा ३५० परिवार, वडा नं ६ मा २६५ परिवार र वडा नं ७ मा २१३ परिवारलाई स्वास्थ्य बीमा गराइएको छ।

स्थानीय तहबाट सञ्चालित यो कार्यक्रमले विशेषगरी आर्थिक रूपले कमजोर समुदायको स्वास्थ्य सुरक्षामा टेवा पुर्‍याएको छ। गाउँपालिकाको यो प्रयासले सामाजिक न्याय, समावेशिता र आधारभूत सेवाको पहुँच विस्तारमा उदाहरणीय भूमिका खेलेको भन्दै स्थानीय स्तरमा प्रशंसा समेत भइरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article