शिक्षा
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

समाजसेवीहरूद्वारा हल्दीबारी माविमा १५ वटा सिलिङ फ्यान प्रदान

हल्दीबारी, झापा – समाजसेवी शुक्र दाहाल, कृष्णप्रसाद प्रसाई र सरोज तिम्सिनाले हल्दीबारी माध्यमिक विद्यालयलाई १५ वटा सिलिङ फ्यान प्रदान गरेका छन्। गर्मीको समयमा पठनपाठनमा कठिनाइ भइरहेको अवस्था समाधान गर्न उनीहरूले विद्यालयलाई उक्त सामग्री सहयोग गरेका हुन्।

Advertisement

समाजसेवी शुक्र दाहालले हल्दीबारी डट कमसँग कुरा गर्दै भन्नुभयो, “गर्मीका कारण विद्यार्थीहरू पढ्न गाह्रो भइरहेको जानकारी पाएपछि हामीले केही सहयोग गरौं भन्ने सोच्यौं। अध्ययनको वातावरण सहज बनाउन हामीले यो सानो प्रयास गरेका हौं।”

Advertisement

उनीहरू विद्यालयमै पुगेर प्रधानाध्यापक टङ्कबहादुर पाख्रिनलाई १५ वटा सिलिङ फ्यान हस्तान्तरण गरेका थिए। फ्यानको मूल्य झण्डै ३३ हजार रुपैयाँ बराबर रहेको छ।

प्रधानाध्यापक पाख्रिनले विद्यालयमा पठनपाठन सहज बनाउन सहयोग पुर्‍याएको भन्दै समाजसेवीहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “उक्त सहयोगले अत्यधिक गर्मीका बीच पनि विद्यार्थीहरूलाई आरामदायी वातावरणमा अध्ययन गर्न सहज हुनेछ।”

विद्यालयको शैक्षिक वातावरण सुधारका लागि समुदायस्तरबाट देखिएको चासो र योगदानप्रति विद्यालय परिवारले प्रशंसा व्यक्त गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article