कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

लघुकथा : फुईयाको फुरफुर – २८

लघुकथा : फुईयाको फुरफुर – २८

Advertisement

विद्यार्थीले उसलाई प्रश्न गरे, “सर उनलाई आफ्नो कसरी बनाउने?”। जवाफ त उ सँग तम्तयार थियो, कसैलाई आफ्नो बनाउन सकेको भए, म किन अविवाहित बस्थे भाइ, तर पनि उसले विचार गर्यो, विद्यार्थीको प्रश्नलाई उचित हल खोजिदिने। उसले सम्झियो आफ्नो इतिहासलाई, जहाँ कहिले उसले बोलेर, कहिले लेखेर, कैले देखाएर, कैले नदेखाएर, कहिले गाएर, कहिले नाचेर, कहिले खेलेर, कहिले कुदेर, कहिले हिरो बनेर, कहिले जिरो बनेर, आदि इत्यादि अनेक गर्यो, तर कसैलाई आफ्नो बनाउन सकेन। उसले आँफैले आँफैलाई प्रश्न गर्यो, “के म अङ्ग्रेजी चलचित्रको आधुनिक टार्जन त होइन?”। उसले विचार गर्यो, यी सबै खुबी एकै साथ कुनै एक लाई देखाउने सकेको भए, सायद अहिले उसले पनि कसैलाई आफ्नो बनाएको हुन्थ्यो। विद्यार्थीको प्रश्न हेर्दा एकदम सरल, तर व्यवहारमा एकदम जटिल थियो, प्रश्न अबोध थियो, उत्तर आवश्यक थियो, भावना तरंगित थियो, मन अशान्त थियो, अनि खाँचो थियो, शिक्षकले दिने जवाफ। उसले बोल्यो मैले कसैलाई आफ्नो बनाएको दिन खसी होइन खुखुरा काट्दिन्छु। फुईयाको फुरफुर ।

Advertisement

✍️अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article