स्वास्थ्य
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

नेपालमै अत्याधुनिक CLIA प्रविधिबाट परीक्षण गरिएको रगत उपलब्ध हुन सुरु

झापा, २ असार । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाले अत्याधुनिक CLIA (Chemiluminescence Immunoassay) प्रविधिमार्फत परीक्षण गरिएको गुणस्तरीय रगत सेवा दिन थालेको छ।

Advertisement

CLIA प्रविधिबाट रगत परीक्षण गर्दा सङ्क्रमणहरूलाई प्रारम्भिक चरणमै पत्ता लगाउन सकिने भएकाले रक्तसञ्चार सेवाको गुणस्तर थप उकासिने विश्वास लिइएको छ। सोसाइटीका निर्देशक पवन गुप्ताका अनुसार, “CLIA प्रविधिबाट परीक्षण गरिएकाे रगत सुरक्षित र भरपर्दो हुन्छ, जुन नेपालको रक्तसञ्चार क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि हो।”

Advertisement

नेपाल रेडक्रस सोसाइटीले सुलभ, गुणस्तरीय र मर्यादित रक्तसञ्चार सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेको जनाएको छ।

नेपाल सरकारले २०७९ जेठ १८ गतेको निर्णय अनुसार विभिन्न प्रविधिअनुसार सेवा शुल्क समायोजन गर्दै CLIA प्रविधिबाट सेवा दिन अनुमति दिएको हो। CLIA प्रविधिबाट परीक्षण गरिएकाे रगतको सेवा आज असार २ गतेबाट सुरु हुनेछ। यो सेवा केन्द्रीय रक्त सञ्चार सेवा केन्द्र भृकुटी मण्डपमा आजबाट सुरुहुन लागेको हो। ।

नेपाल रेडक्रसले २०२३ साल साउन १२ गतेबाट औपचारिक रूपमा रक्तसञ्चार सेवा सुरू गरेको हो। हाल देशभर केन्द्रीय, प्रादेशिक, जिल्ला रक्तसञ्चार सेवा गरी १२० स्थानबाट सेवा दिइँदै आएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article