स्वास्थ्य
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दिबारी-३ मा डेंगी रोग रोकथाम तथा नियन्त्रण अभिमुखीकरण कार्यक्रम सम्पन्न

अभिषेक खतिवडा /झापा,हल्दिबारी। हल्दिबारी गाउँपालिका वडा नं–३ मा डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ। वडा कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा डेंगी रोगको संक्रमण, रोकथाम तथा नियन्त्रण सम्बन्धी जानकारी प्रदान गरिएको थियो।

Advertisement

हल्दिबारी गाउँपालिकाको आयोजना र वडा नं–३ का वडा अध्यक्ष विष्णुप्रसाद ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, स्वयंसेवी, सामाजिक अगुवा, सुरक्षाकर्मी लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो। कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले डेंगी रोग सम्बन्धी प्राविधिक जानकारी दिँदै रोग नियन्त्रणका लागि घर आँगन सफा राख्न, पानी जम्ने खाल्डाखुल्डी पुर्न, लामखुट्टेको बासस्थान नष्ट गर्न र जनचेतना फैलाउन सबैमा आग्रह गर्नुभएको थियो।

Advertisement

वडा अध्यक्ष ओलीले टोल–टोलमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै विद्यार्थी, जनप्रतिनिधि र स्थानीय संस्थालाई सक्रिय बनाउनुपर्ने आवश्यकता औंल्याउनु भएको थियो । चिल्ड्रेन गार्डेन अंग्रेजी माविका प्रिन्सिपल दुर्गामणि गौतमले विद्यालय तहमा कार्यक्रम प्रभावकारी हुने धारणा राख्नुभयो। यस्तै, जलथल प्रहरी चौकीका इन्चार्ज असई कृष्णप्रसाद दुलालले डेंगी नियन्त्रणमा प्रहरीबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै नागरिकलाई पनि अभियानमा सहभागी हुन आग्रह गरिएको छ ।

कार्यक्रमका प्रशिक्षक निरौलाले डेङ्गु सङ्क्रमणका लक्षणहरू — एक्कासी ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, ढाड जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा देखिने, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, रक्तस्राव हुने आदि देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गर्नु भएको छ ।

औपचारिक कार्यक्रमपछि लक्ष्मीचोक बजार क्षेत्रमा अनुगमन र निरीक्षण गर्दै स्थानीयलाई सचेत गराइएको थियो। अभिमुखीकरण कार्यक्रमको सञ्चालन र सहजीकरण आधारभूत स्वास्थ्य चौकी हल्दिबारी वडा नं–३ का प्रमुख मिलन उप्रेतीले गर्नुभएको थियो। गाउँपालिकाले डेंगी नियन्त्रणका लागि यस वर्ष पनि लामखुट्टेको लार्भा खोज तथा नष्ट गर्ने अभियान सञ्चालन गर्ने तयारी गरेको जानकारी गराइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article