हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दीबारीमा आँप र लिचीका बिरुवा निःशुल्क वितरण, ‘हरित पालिका’ निर्माणको लक्ष्य

हल्दीबारी, ३ असार। ‘हरित पालिका बनाउने’ लक्ष्यसहित झापाको हल्दीबारी गाउँपालिकामा किसानलाई आँप र लिचीका बिरुवा निःशुल्क वितरण थालिएको छ।
पालिकाको कृषि शाखाअन्तर्गत चालू आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार फलफूल प्रवर्द्धनका लागि २ हजार ६ सय आँप र लिचीका बिरुवा वितरण गरिने भएको हो।
मंगलबार पालिकाध्यक्ष रविन्द्र लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र), योजना शाखा प्रमुख राजन न्यौपाने र कृषि शाखा प्रमुख छविलाल गुरुङलगायतले पालिकामा बिरुवा वितरणको शुभारम्भ गरेका हुन्।
कृषि शाखा प्रमुख गुरुङका अनुसार  एक घरधुरीलाई एक बिरुवा दिने लक्ष्य रहे पनि सबै घरधुरीमा नपुग्ने भएकाले वडाको सिफारिसका आधारमा  वितरण गरिने बताइएको छ।
गुरुङका अनुसार पालिकाले कुल रु. २ लाख ५० हजार बराबरको ढुवानी, लोड-अनलोडिङ र खरिद लागत सहित बिरुवा किसानलाई निःशुल्क वितरण गर्न लागेको हो।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)