हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको बिर्तामोडबाट लागुऔषधसहित दुई जना पक्राउ

झापा । झापाको बिर्तामोड नगरपालिका–४, पुरानो भद्रपुर रोडबाट हिजो असार २ गते विहान करिब ८:४५ बजे  प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

Advertisement

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले झापा दमक नगरपालिका–१ बस्ने ३२ वर्षीय विजय कर्माकार र ऐनुमानगर निवासी ३५ वर्षीय सन्तोष मिस्त्रीलाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट खैरो लिसाइलो पदार्थ (ब्राउन सुगर जस्तो देखिने) प्लास्टिकसहित १५ ग्राम र प्लास्टिक बाहेक १३.३६ ग्राम (३६० मिलिग्राम) फेला परेको प्रहरीले जनाएको छ।

Advertisement

साथै, उनीहरूबाट दुई थान एन्ड्रोइड मोबाइल फोन र को ३५ प ९०६९ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ। हाल उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)