समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दीबारी–४ मंगलबारेमा दिउँसै चोरी, ३ लाख ९० हजार बराबरको सम्पत्ति गायब

हल्दीबारी, झापा। झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर ४ मंगलबारे बजार दक्षिणस्थित एक घरमा दिउँसै चोरी भएको छ।
स्थानीय हरिनारायण घिमिरेको घरमा कोही नभएको मौका छोपी चोर समूहले नगद ४० हजार रुपैयाँ र सुनचाँदीका गरगहनासहित करीब ३ लाख ९० हजार रुपैयाँ बराबरको सम्पत्ति चोरी गरेको जलथल प्रहरी चौकीले जनाएको छ।
पीडित घिमिरेका अनुसार परिवारका सदस्यहरू दिउँसो १ बजे घरबाट बाहिरिएका थिए। त्यसपछि घर फर्कँदा ढोका फुटाइएको, कोठाका सामानहरू लथालिङ्ग बनाइएको र गरगहना तथा नगद सम्पत्ति चोरी गरिएको अवस्थामा फेला परेको हो।
घटनाको जानकारी प्राप्त भएपछि जलथल प्रहरी चौकीबाट टोली घटनास्थलमा पुगेर आवश्यक छानबिन र अनुसन्धान अघि बढाइएको जनाइएको छ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article