हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको फुलबारीमा जंगली हात्तीको आक्रमण, एकजना गम्भीर घाइते

झापा, असार ४ । झापा जिल्लाको भद्रपुर नगरपालिका वडा नम्बर १०, फुलबारी गाउँमा हिजो असार ४ गते राति करिब ८ बजे एक युवकमाथि जंगली हात्तीले आक्रमण गरेको छ।

Advertisement

आक्रमणबाट सोही ठाउँका २१ वर्षीय बिशाल सोरेन घाइते भएका छन्। कामबाट फर्कने क्रममा उनलाई एक वट‍ा जंगली हात्तीले आक्रमण गरी कम्मर, टाउको र बायाँ खुट्टामा गम्भीर चोट पुर्‍याएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

Advertisement

घाइते सोरेनलाई तत्कालै स्थानीयले उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि पुर्‍याइएको हो। अस्पताल स्रोतका अनुसार उनी अहिले बोल्न सक्ने अवस्थामा छन् र स्वास्थ्य अवस्था मध्यम रहेको जनाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)