हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दीबारीमा शौचालयमा लडेर एकजनाको मृत्यु

हल्दिवारी । झापाको हल्दिवारी गाउँपालिका–४ ऐनावारीमा शौचालयमा लडेर एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा ४९ वर्षीय अगनलाल मेचे रहेको जिल्ला प्रहरी कार्यालय, झापाले जानकारी दिएको छ।
प्रहरीका अनुसार आज बिहान करिब साढे ८ बजेको समयमा मेचे शौचालयमा लडेको देखेपछि आफन्तहरूले तत्कालै उनलाई उपचारका लागि प्रादेशिक अस्पताल, भद्रपुर पुर्‍याएका थिए। तर, अस्पतालमा पुर्‍याइएका बेला चिकित्सकहरूले जाँच गर्दा उनको निधन भइसकेको पुष्टि भएको बताइएको छ।
हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)