समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापा बिर्तामोडकी महिलापछि इलाममा पनि कोरोना संक्रमण भेटियो

इलाम, असार ५ । इलाम जिल्लाको रोङ गाउँपालिका–४ का एक ७४ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ। केही दिनदेखि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुरमा लगिएको थियो।

Advertisement

भद्रपुर अस्पतालबाट एक साताअघि सङ्कलन गरिएको स्याम्पल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाइएको थियो। उक्त स्याम्पलको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको प्रादेशिक अस्पताल भद्रपुरको प्रयोगशालाले जनाएको छ।

Advertisement

अस्पतालका अनुसार संक्रमित वृद्धको रिपोर्ट अस्ति बेलुका आएको थियो र हिजो बिहान उनलाई जानकारी दिइएको हो। हाल उनी चिकित्सकको निगरानीमा आइसोलेशनमा रहेका छन्।

यसअघि केही दिनअगाडि झापा बिर्तामोडकी एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो। पछिल्ला संक्रमितसँगको कुनै प्रत्यक्ष सम्पर्क रहेको पुष्टि भइनसकेको भए पनि सम्बन्धित निकायले संक्रमित वृद्धको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गरी परीक्षणको प्रक्रिया अघि बढाइरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article