हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बाली जोगाउन खेतमा जडान गरिएको विद्युतीय तारमा करेन्ट लागेर एक महिलाको मृत्यु

धनुषा । बाली जोगाउन खेतमा जडान गरिएको विद्युतीय तारमा करेन्ट लागेर धनुषामा एक महिलाको मृत्यु भएको छ। मिथिला नगरपालिका–१ ढल्केबरकी ५० वर्षीया मङ्गलीदेवी महतोको करेन्ट लागेर घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।

Advertisement

प्रहरी निरीक्षक जटाशङ्कर यादवका अनुसार मङ्गलीदेवी तरकारी बारीमा काम गर्ने क्रममा खेतमा तानिएको विद्युतीय तारमा छोएपछि करेन्ट लागेको हो। “केही किसानले जङ्गली जनावरबाट तरकारी तथा अन्य बाली जोगाउन खेतमा विद्युतीय तार तानेर करेन्ट प्रवाह गरेका छन्,” उनले भने, “सोही तारमा छोएपछि मङ्गलीदेवीलाई करेन्ट लागेको हो।”

Advertisement

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुण सिंहले जानकारी दिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)