समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापामा जंगली हात्तिको आक्रमणबाट घाइते वृद्धको उपचारको क्रममा मृत्यु

झापा, २०८२ असार ६ । झापा जिल्ला मेचीनगर–१ दुर्जन चोकका ६८ वर्षीय पूर्ण बहादुर श्रेष्ठको जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भई उपचारको क्रममा मृत्यु भएको छ।

Advertisement

मिति २०८२ असार २ गते बिहान करिब ४:३५ बजेको समयमा आफ्नै घरदेखि करिब ८ सय मिटर टाढा रहेको बारीमा देखिएको जंगली हात्तीलाई लखेट्ने क्रममा श्रेष्ठमाथि हात्तीले आक्रमण गरेको थियो। आक्रमणमा परेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो।

Advertisement

घटनाबारे बिहान करिब ५:३० बजे प्रहरी चौकी तिरिङखोलामा जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक गणेश कुमार श्रेष्ठको कमाण्डमा प्रहरी टोली खटिएको थियो। सोही क्रममा हात्ती पुनः जंगलतर्फ फर्किएको बताइएको छ।

अस्पतालमा उपचार सम्भव नभएको जनाइएपछि २०८२ असार ५ गते साँझ ५ बजे घाइते श्रेष्ठलाई उनका छोरा तेज बहादुर श्रेष्ठले घर फर्काएका थिए। सोही दिन राति करिब ८:२० बजे उनलाई घर पुर्‍याइएपछि मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article