समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापामा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, दुई गम्भीर घाइते

झापा । झापाको झापा गाउँपालिका–४ स्थित चौधरी टोलको हुलाकी सडकखण्डमा भएको एक गम्भीर मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

Advertisement

पन्थपाडाबाट झापा बजारतर्फ जाँदै गरेको One Test अपाचि मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो। झापा गाउँपालिका–४  चौधरी टोलका मोटरसाइकल चालक २४ वर्षीय फकिर अलीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

Advertisement

त्यस्तै मोटरसाइकलको पछाडि सवार २२ वर्षीय साहिदुल हक को उपचारको क्रममा B&C अस्पतालमा १२:५५ बजे मृत्यु भएको पुष्टि भएको छ। उनको समेत टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।

मोटरसाइकलमा तेस्रो सवार रहेका झापा गाउँपालिका–४ चौधरी टोलका २१ वर्षीय सोहिल मिया पनि घाइते भएका छन्, तर उनको अवस्था सामान्य रहेको छ। उनी अहिले विर्तासिटी अस्पताल विर्तामोडमा उपचाररत छन्।

दुर्घटना लगत्तै प्रहरी चौकी टाघनडुब्बाबाट प्रहरी टोली खटिई घटनास्थलमा पुगेको थियो। प्रहरीले दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिई टाघनडुब्बा प्रहरी चौकीमा राखेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article