शिक्षा
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दिबारी–२ मा तीन महिने सिलाई–कटाई तालिम सम्पन्न

झापा। हल्दिबारी गाउँपालिका वडा नं. २ मा आज एक औपचारिक कार्यक्रमका बीच तीन महिने सिलाई–कटाई तालिम सम्पन्न भएको छ।

Advertisement

हल्दिबारी समावेशी युवा महिला संस्थाको आयोजना तथा हल्दिबारी गाउँपालिका वडा नं. २ को आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिम २०८१ चैत ४ गते देखि सञ्चालन गरेर आज एक कार्यक्रमका बिच समापन गरिएको हो।

Advertisement

समापन समारोहको उद्घाटन प्रमुख अतिथि तथा वडा नं. २ की कार्यवाहक अध्यक्ष रचना कुलुङ राईले गर्नु भएको थियो। तालिममा सहभागी प्रशिक्षार्थीहरूले तयार पारेको विद्यालय पोसाक वडा भित्रका ३० जना विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई वितरण गरिएको वडा सचिव मदन थापाले जानकारी दिनुभयो।

संस्थाका अध्यक्ष सस्वता चौलागाईंको अध्यक्षतामा सम्पन्न उक्त समापन समारोहमा वडा सदस्य अम्बिका तोलाङ्गी, विष्णु राई, गणेश कुमार मगर, प्रशिक्षक अम्बिका सुन्दास, शिक्षक, विद्यार्थी, प्रशिक्षार्थी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रशिक्षार्थीहरूलाई वडा नं २ को आ.व २०८१/०८२ को महिला शसक्तिकरण कार्यक्रम अन्तर्गत ५०% साझेदारीमा २३ थान सिलाई मेसिनसहित सामग्री र प्रमाणपत्र वितरण गरिएको थियो। प्रमुख अतिथि राईले “चुलो–चौकोमा सीमित महिलाहरूलाई आर्थिक आत्मनिर्भरताको दिशातर्फ उन्मुख गराउने प्रयास हो” भन्दै वडा कार्यालयले महिलालाई अवसर दिएको बताउनुभयो।

वडा सदस्य अम्बिका तोलाङ्गीले प्रशिक्षार्थीहरूलाई आत्मनिर्भर बन्ने सोचसहित अघि बढ्न शुभकामना दिनुभयो। प्रशिक्षार्थी लोकमाया देउजाले वडा कार्यालयप्रति आभार प्रकट गर्दै तालिमले जीवनमा नयाँ आशा जागेको बताउनुभयो। कार्यक्रमको स्वागत मन्तव्य वडा सदस्य विष्णु राईले राख्नुभएको थियो भने सञ्चालन वडा सचिव मदन थापाले गर्नुभएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article