समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापा गाउँपालिकाद्वारा रगतमा लाग्ने शुल्क अब पालिकाले बेहोर्ने

हल्दीबारी, असार ६/ झापा गाउँपालिकाले बिरामीहरूलाई आवश्यक पर्ने रगतमा लाग्ने शुल्क आफैँ बेहोर्ने नीति अघि सारेको छ।

Advertisement

गाउँपालिकाको १८औँ गाउँसभालाई सम्बोधन गर्दै कार्यवाहक अध्यक्ष अन्जु देवी थपलियाले नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा रगत शुल्क गाउँपालिकाले बेहोर्ने जानकारी दिनुभयो।

Advertisement

उहाँले यो कार्यक्रमलाई निरन्तरता दिँदै बिरामीहरूलाई समयमै सहयोग पुग्ने गरी सेवा विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। गाउँपालिकाले यस कार्यक्रमलाई स्वास्थ्य क्षेत्रमा पहिलो प्राथमिकतामा राखेको समेत बताइएको छ।

गाउँपालिकाको यो निर्णयले आर्थिक रूपमा कमजोर वर्गका बिरामीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article